न्यायपालिकाको समस्यामा सरकारले हात हाल्दैन: कानुनमन्त्री बडु

१६ कात्तिक, काठमाडाैँ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले न्यायपालिकाभित्र देखिएको समस्या न्यायपालिका आफंैले छिटो समाधान गरोस् भन्ने आफूहरुको चाहना रहेको बताएका छन् ।

मन्त्री बडुले संविधानको सीमा, जनताको अपेक्षा पनि स्वतन्त्र न्यायपालिका भित्र देखिएका समस्या ऊ आफैंले समाधान गरोस् भन्ने रहेको तर्क समेत गरे। मंगलबार काठमाडौंमा आयोजित सञ्चारसम्बन्धि कानुनका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले न्यायपालिकाका कारण जनताको न्याय पाउने अधिकार हनन् हुन नदिन भने सरकार प्रतिवद्ध रहेको बताए ।

कानुनमन्त्री बडुले भने, ‘अहिले न्यायालयभित्र भईरहेको समस्याका कारणले जनतामा अनिश्चयको कुरा के होला भन्ने एउटा चिन्ता जरुर छ । तपाईहरुलाई जरुर थाहा छ–हामी संविधानका कुरा गरिरहेका छौं–संविधानले हाम्रो सीमा तोकेको छ । स्वतन्त्र न्यायपालिकालाई हामी त्यत्तिकै सम्मान गर्छौं । जनताको अन्तिम न्याय पाउने थलो पनि त्यही हो । जनताको त्यो विश्वास, जनताको त्यो आस्थालाई कुनै कमी आउन दिनु हुँदैन । यो हामी सबैको सरोकारको विषय हुन्छ । संविधानले दिएको विषय पनि हुन्छ । तर हाम्रो सीमा भित्र हामीले हेर्दाखेरी हामी चाहिरहेका छौं–अहिले पनि स्वतन्त्र न्यायपालिका भित्र देखिएको कुनै समस्यालाई स्वतन्त्र न्यायपालिकाले स्वतन्त्र ढंगले आफैले समाधान गरोस् । हाम्रो चाहना त्यो नै हो । हाम्रो अपेक्षा पनि त्यो हो । हाम्रो सीमा पनि त्यो छ । त्यसकारणले पनि हामी त्यसरी यसलाई हेरिरहेका छौं । र जनताको जुन चासो संविधानसम्मत ढंगले न्यायपालिकाले दिनुपर्ने जनताको न्यायमा केहीँ अवरुद्ध हुने हो कि भन्ने जनतामा चिन्ता देखिन थालेको छ । त्यसलाई समयमै व्यवस्थापन गर्नका निमित्त हामी तयार छौं । तर त्यो समस्याको समाधान हामी अहिले पनि के भन्न चाहन्छौ भने–स्वतन्त्र न्यायपालिका भित्र उब्जिएको समस्या स्वतन्त्र न्यायपालिका भित्र नै त्यसको समाधान यथासम्भव छिटोहोस् भन्ने चाहना हामी सबैको जरुर पनि छ । जनताको अपेक्षा पनि त्यो सम्भव छ ।’

मन्त्री बडुले स्वतन्त्र न्यायालयमा समस्या देखिदा त्यसप्रति चिन्ता लाग्नु स्वभाविकै भएको पनि बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top