माधव नेपालले भने- अर्ली इलेक्सन हुने कुनै सम्भावना छैन

१६ कात्तिक, काठमाडाैँ ।

Advertisement

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अर्ली इलेक्सन हुने कुनै सम्भावना नरहेको बताएका छन् । अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै कसैकसैले चाहेजस्तो अर्ली ईलेक्सनको सम्भावना नरहेको बताएका हुन्।

मंगलबार गृहजिल्ला रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले राष्ट्रलाई व्ययभार हुन नदिन तीन वटै तहको निर्वाचनमा एकैचोटी गर्ने विषयमा सत्तारुढ दल भित्र छलफल भईरहेको जानकारी समेत दिए । अध्यक्ष नेपालले भने, ‘ईलेक्सन समयमा हुन्छ । त्यसको निम्ति अव ईलेक्सनको प्रक्रिया सुरु हुन्छ । जस्तो राष्ट्रियसभाको चुनाव छ । त्यो गर्नै प¥यो समयमा । अव उपनिर्वाचनहरुको कुरा पनि चलिराख्या छ । प्रदेशसभाको निर्वाचनको कुरा । त्यसको निम्ति पनि तयारीको कुरा भइरहेको छ । सर्वोपरी रुपमा सबै तहको निर्वाचन राष्ट्रलाई व्ययभार नपर्नेगरी एकैचोटी गर्ने भन्ने हो । कसैकसैले भनेजस्तो अर्ली इलेक्सनको सम्भावना छैन ।’

Advertisement

अध्यक्ष नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएपछि अदालतमा देखिएको समस्या समाधानका विषयमा छलफल हुने पनि बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top