एकीकृत समाजवादीद्वारा ७४ जिल्लामा कार्यसमिति विस्तार

१६ कात्तिक, काठमाडाैँ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले ७४ जिल्लामा कार्यसमिति विस्तार गरेको छ । दार्चुला, मनाङ र मुस्ताङमा समिति विस्तार हुने क्रममा छ । आगामी मङ्सिरभित्रमा सबै जिल्लामा समिति विस्तार हुने पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पार्टीले सबै जिल्लामा सात सदस्यीय समितिमा गठन गरेको छ । ती समितिमा अध्यक्षको नेतृत्वमा दुई उपाध्यक्ष, एक सचिव र तीन उपसचिवको व्यवस्था गरिएको छ । प्रदेश तथा स्थानीय कमिटीका सात पदाधिकारीमध्ये कम्तीमा एक महिला हुनुपर्नेछ ।

पार्टीले गत असोजमा २४ बुँदे तत्कालीन कार्ययोजना पारित गरी देशभरका पार्टी कमिटी तथा सङ्गठनलाई अन्तरपार्टी निर्देशन दिएको छ । उक्त कार्ययोजनामा आगामी तीन महिनाभित्र सबै प्रदेश, जिल्ला, सङ्घीय तथा प्रदेश निर्वाचन क्षेत्र, महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका तथा सबै वडामा पार्टी कमिटी गठन गरिसक्ने निर्देशन छ ।

त्यसअन्तर्गत जनसङ्गठनका कमिटी पनि पर्दछन् । सोही अभियानअन्तर्गत ‘एक वडा एक सय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य’ अभियान सञ्चालन गरिएको छ । प्रत्येक जिल्लामा समन्वय कमिटी समेत निर्माण गरिएको छ । प्रत्येक वडामा एक सय सङ्गठित सदस्य र एक हजार पार्टी सदस्य बनाइने छ । सक्रिय सदस्यलाई एकताबद्ध गरी सङ्गठित सदस्यमा समावेश गरिने छ भने पार्टीका समर्थक तथा निष्क्रिय सदस्यलाई पार्टी सदस्यमा एकीकृत गरिने नीति छ ।

उक्त समितिअन्तर्गत सङ्घीय निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्र निर्माण गरिएको छ । विविध कारणले पार्टीमा सनाखत गरी आउन असमर्थ देखिएका जनप्रतिनिधिलाई पार्टीमा प्रवेश गराउन, सहयोगी बनाउन तथा मित्रवत् वातावरण निर्माण गर्न पहल गर्नेसहितका विषय तत्कालीन कार्ययोजनामा समावेश गरिएको पार्टीका सचिव जीवनराम श्रेष्ठले बताए ।

पार्टीको केन्द्रीय कमिटी र स्थायी कमिटीको बैठकले विभिन्न मापदण्डका आधारमा ३३५ केन्द्रीय सदस्य मनोनित गरेको छ । पार्टीले निर्माण गरेको मापदण्डअनुसार केन्द्रीय कमिटीका पूर्वसदस्य (एमालेकालीन), नेकपा हुँदाको केन्द्रीय कमिटीका सदस्य, नवौं महाधिवेशनमा केन्द्रीय कमिटी/आयोग सदस्यका उम्मेदवार बनेका, राष्ट्रिय प्रतिनिधि परिषद्का पूर्वसदस्य, जिल्ला कमिटीका प्रमुख भइसकेका, महिलाको हकमा जिल्ला कमिटी सदस्य भएकासम्म र विभिन्न जनसङ्गठनका केन्द्रीय पदाधिकारी भएकामध्येबाट केन्द्रीय सदस्य मनोनयन गरेको छ ।

प्रदेश कमिटीको संयोजनमा जिल्लाका इञ्चार्ज र सह–इञ्चार्जबीच सङ्घीय र प्रदेश निर्वाचन क्षेत्र हेर्ने गरी जिम्मेवारी बाँडफाँट गरेर कार्य विभाजन गरिएको पोलिटब्यूरो सदस्य दीलुकुमारी पन्तले जानकारी दिइन् । विभिन्न जनवर्गीय सङ्गठन गठन गर्ने क्रम पनि जारी छ ।

केन्द्रीय कमिटीका हरेक सदस्यले पार्टी सदस्यता वितरण र सङ्गठन निर्माणको विशेष योजना बनाएर काम गर्ने र प्रत्येक महिना आपूmले गरेको कामको लिखित रिपोर्ट पार्टी केन्द्रमा बुझाउनु पर्नेछ । उपरोक्त कामको आधारमा केन्द्रीय कमिटीका सदस्यको मूल्याङ्कन हुनेछ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपाल, केन्द्रीय सचिवालय तथा महासचिव डा बेदुराम भुसालसमेतका वरिष्ठ नेता रहेको केन्द्रीय कार्यालय गठन गरी पार्टीले राजनीतिक गतिविधि अगाडि बढाएको छ । शिवबहादुर देउजाको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय अनुशासन आयोग, भरतकुमार श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय लेखापरीक्षण आयोग, माधव पौडेलको अध्यक्षतामा ३५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद् गठन गरिएको छ । उक्त परिषद्मा सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने छ । त्यस्तै सम्पूर्ण प्रदेशबाट प्रतिनिधित्व हुने गरी केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरिएको छ ।

पार्टीको केन्द्रीय निकायका रूपमा केन्द्रीय परिषद् गठन गरिने भएको छ । उक्त परिषद्मा केन्द्रीय कमिटी, केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी तथा सदस्य र जिल्ला कमिटीका अध्यक्ष रहनेछन् ।

ती निकायमा हरेक निर्वाचन क्षेत्रका आधारमा आउने सङ्ख्यामा कम्तीमा एक तिहाइ महिला सदस्य हुनुपर्ने छ । हरेक जनसङ्गठनबाट सम्बन्धित सङ्गठनमा रहेको सङ्गठित सदस्य सङ्ख्याको अनुपातमा प्रतिनिधित्व हुनुपर्ने र खुला रूपबाट पनि केही सङ्ख्याका सदस्य समावेश गरिने भएको छ । केन्द्रीय कमिटीले केन्द्रीय परिषद्का सदस्यलाई आवश्यकतानुसार विभिन्न फाँट तथा जिल्लाको सह–इञ्चार्जको जिम्मेवारी दिन सक्नेछ । यसैगरी केन्द्रीय परिषद्का सदस्य प्रदेश कमिटीको सदस्य वा जिल्ला कमिटीको पदाधिकारी पनि ती निकायमा रहन सक्नेछन् । केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्चमा अध्यक्ष उपाध्यक्ष र सचिव पदाधिकारी रहनेछन् ।रासस

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top