दीपक मनाङेको सम्पत्ति : २२ तोला सुन, घरजग्गा छैन, डेढ करोड ऋण

१६ कात्तिक, पोखरा ।

गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङे)ले मन्त्री भएको साढे चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद धारण गरेको व्यक्तिले नियुक्त भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने प्रावधान रहे पनि मन्त्री गुरुङले साढे चार महिनापछि मात्र सम्पत्ति विवरण पेश गरेका हुन् ।

उनले अर्कैको नाममा जग्गा रहेको देखि आफू ऋणमा रहेको विवरण सार्वजनिक गरेका छन् । मन्त्री गुरुङले सम्पत्ति पहिलेको छोराछोरी, श्रीमतीको नाममा राखिदिएको र आफु डेढ करोड ऋणमा रहेको विवरण पेश गरेका छन् ।

२०७० सालमा अकुत सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरणको मुद्दा समेत खेप्नु भएका मन्त्री गुरुङले युवा साथीहरूको नाममा आफूले थुप्रै लगानी गरेको समेत उल्लेख गरेका छन् ।

उहाँले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौँ–२९ धर्मस्थलीमा प्रतिआना ९ लाख रुपैयाँमा किनेको कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको उल्लेख गरेका छन् ।

चन्द्रागिरि–२ मा ३ रोपनी जग्गा, पदमपोखरी मकवानपुरमा एक रोपनी ९ आना १० दामको जग्गा छोराको नाम र अन्य व्यक्तिको नाममा रहेको पनि उल्लेख गरेका छन् । उनले २२ तोला सुन र ४५ तोला चाँदी वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट प्राप्ति गरेको उल्लेख पनि गरेका छन् । मन्त्री गुरुङले एभरेष्ट बैङ्क पोखरामा १० लाख ४९ हजार ५ सय ३६ रुपैयाँ रकम रहेको विवरण पेश गर्दै उक्त पैसा सांसद र मन्त्री हुँदा प्राप्त गरेको बताएका छन् ।

उनले ६ करोड १० लाख रुपैयाँ ऋण लिएर ४ करोड ७० लाख रुपैयाँ तिरेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । मन्त्री गुरुङले विभिन्न स्थानमा गाई तथा भैँसी फर्म पनि रहेको उल्लेख गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top