हामी प्रदेशलाई नाम दिन्छौँ : मुख्यमन्त्री राई

१६ कात्तिक, विराटनगर ।

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्रकुमार राईले आफ्नो सरकारको पहिलो प्राथमिकता प्रदेशको नामकरण भएको बताएका छन् । मंगलबार पद तथा गोपनियताको शपथ ग्रहणपछि सञ्चचारकर्मीहरूसँगको कुराकानीमा मुख्यमन्त्री राईले आफ्नो प्रमुख प्राथिमकता प्रदेशको नामकरण भएको बताएका हुन् ।

उनले राम्रो गर्ने, नराम्रो नगर्ने, नाम राख्ने र काम गर्ने प्रदेश सरकारको प्राथमिकता रहेको बताए । उनले भने, ‘प्रदेशले अहिलेसम्म नाम पाउन नसकेकोले त्यो नाम हामी दिन्छौं । बजेट सानो भएकोले विकासको कामहरु हुन सकेको छैन, अनुदान लिएर र बजेटका नयाँ स्रोतहरु खोजेर बजेटको दायरा बढाएर कामलाई अघि बढाउँछौं ।’

उनले सीमित बजेटलाई सही प्राथमिकता दिएर विनियोजन गर्ने बताए । यस्तै,मुख्यमन्त्री राईले विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । उनले कात्तिक २५ वा २६ गतेसम्ममा विश्वासको मत लिने बताएका हुन् ।

उनले काम र सरकारमा सहभागी गठबन्धन दलको आवश्यकताका आधारमा मन्त्रालयको संख्या केही बढाएर मन्त्रिपरिषद् विस्तार गरिने पनि बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top