९ लाख रुपैयाँ नगदसहित तनहुँमा २९ ‘जुवाडे’ पक्राउ

१६ कात्तिक ७८, बुधबार

१७ कार्तिक, काठमाडौं ।

Advertisement

प्रहरीले तनहुँमा ९ लाख रुपैयाँ नगदसहित २९ जना ’जुवाडे’लाई पक्राउ गरेको छ।

मंगलबार राति १ बजे शुक्लागण्डकी नगरपालिका–८, ढोरफेदी लालीमका बिलबहादुर गुरुङको घरबाट उनीहरु पक्राउ परेका हुन्।

Advertisement

गुरुङको घरमा ठूलो धनराशीमा कौडा खेलिरहेको भन्ने सूचनापछि पुगेको प्रहरीले ९ लाख ११ हजार ४०५ रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको तनहुँका प्रहरी प्रमुख, एसपी दिनेश मैनालीले बताए।

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ का भानुभक्त पराजुली, शुक्लागण्डकी–४ का सुरज रामजाली, निर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार रहेका छन्।

Advertisement

यस्तै, सोही ठाउँका मोहित जुहारचन, राजु पुन, राजु मगर र मानबहादुर परियारलाई पनि जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

शुक्लागण्डकी–२ का रुपेश गुरुङ, शुक्लागण्डकी–३ का गोविन्द बिक, दीपक सुनार, विष्णु विश्वकर्मा, शुक्लागण्डकी–८ का नारायणसिंह थापा, चूडामणि पौडेल, रमेश भट्टराई, बिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल बिक र रोशन भट्टराई पक्राउ परेका छन्।

सोही ठाउँका प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल र शुक्लागण्डकी–११ का कृता भट्टराई छन्। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको र जुवा ऐनअनुसार कारबाहीको तयारी भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top