लागूऔषधसहित बुटवलबाट चार जना पक्राउ

१६ कात्तिक ७८, बुधबार

१७ कार्तिक, बुटवल ।

Advertisement

रुपन्देही प्रहरीले लागूपदार्थसहित चार जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले तिलोत्तमा–४ शिवनगरका शंकर नेपाल, तिलोत्तमा–३ का केशव गिरी र बुटवल उपमहानगरपालिका–११ का दीपक नेपाली पक्राउ परेका हुन् ।

Advertisement

बुटवल–१३ पवित्रनगरस्थित चेकजाँच गर्ने क्रममा पक्राउ परेका उनीहरुको साथबाट ११ ग्राम ब्राउनसुगर जफत गरिएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाटै खटिएको टोलीले बुटवल–१७ रानीगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुटवल बस्ने रवी लामा रहेका छन् । उनको साथबाट ब्राउन सुगर ५०० मिलिग्राम फेला परेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top