बागलुङ कालिका भगवती गुठीमा ४ करोड रुपैयाँको कोष

१६ कात्तिक ७८, बुधबार

१७ कार्तिक, बागलुङ ।

Advertisement

बागलुङको प्रसिद्ध धार्मिक गन्तव्य कालिका भगवती गुठीमा ४ करोड २३ लाखको कोष जम्मा भएको छ।

गुठी व्यवस्थापन समितिले कालिका मन्दिर परिसरमा करोडौं रुपैयाँ बराबरको विकास निर्माण गरेर पनि उक्त कोष जम्मा गरेको हो।

Advertisement

भक्तजनले चढाएको भेटीबाट कोष जम्मा गर्न सकेको समितिले जनाएको छ। गुठीले भक्तजनबाट प्राप्त भेटी व्यवस्थापन गर्दैआएको छ । खर्च कटाएर उक्त रकम बचत गरेको हो।

गुठीको अध्यक्षका रुपमा ९ वर्षे कार्यकाल सकेर बिदाइ भएका राजु खड्काले उक्त हिसाब विवरण सार्वजनिक गर्दै गुठीमा ४ करोड २३ लाख रुपैयाँको कोष जम्मा भएको जानकारी दिए।

Advertisement

खड्काले नै मन्दिरमा संकलन हुने भेटी जम्मा गरी सार्वजनिक गर्ने चलन सुरु गरेका हुन्। उनी अध्यक्ष हुनु अगाडि मन्दिर सञ्चालक समितिका पदाधिकारी र पुजारीले सबै भेटी भाग लगाएर लैजाने गरेका थिए।

गुठीमै लेखापाल राखेर दोहोरो हिसाब राख्न थालेपछि मन्दिर क्षेत्रमा विकास निर्माणका काम हुन थालेका छन्। कर्मचारी व्यवस्थापन र कोषसमेत सञ्चालन हुन थालेको हो।

कोष बनेपछि कालिका मन्दिर जाने ७०० मिटर बाटो ढलान गरेर ढुङ्गा छाप्ने काम समेत भएको छ। पूजा तथा बलि व्यवस्थापन, मन्दिरको छाना तामाले छाउने र नयाँ सत्तल निर्माण भएको छ। ती सबै व्यवस्थापनका लागि चार वर्षमा १० करोड बढी खर्च भएको खड्काले जानकारी दिए। कालिका भजन समूह निर्माण, मन्दिर नजिकै वन्यजन्तु उद्यान निर्माण, भ्यूप्वाइन्ट निर्माण र बलि व्यवस्थापन गरिएको छ।

कालिका भगवती मन्दिर तथा पूजा व्यवस्थापनबाहेक पर्यटन प्रवर्द्धनका लागि गुरुयोजना समेत निर्माण गरिएको छ। गुरुयोजनामा धर्मशाला, वृद्धाश्रम, सवारी पार्किङ, मालढुङ्गाबाट कालिका मन्दिर जाने लिफ्टसमेत बनाइने उल्लेख छ। वैज्ञानिक वन व्यवस्थापन पनि गुरुयोजनामा समावेश छ। गुठीले आगामी २०८० साललाई ‘कालिका दर्शन वर्ष’ घोषणा गरेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top