बुटवलको सलाई उद्योगमा आगलागी, चार करोड क्षतिको दाबी

१६ कात्तिक ७८, बुधबार

१७ कात्तिक, बुटवल ।

Advertisement

बुटवलको एक सलाई उद्योगमा आगलागी भएको छ । बुटवल उपमहानगरपालिका–१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको हो ।

आगलागी हुँदा चार करोड बढी क्षति भएको उद्योगका सञ्चालक राजेन्द्र ढकालले दाबी गरेका छन् । रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्टामा आगलागी नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

Advertisement

आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उतपादन सबै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान हुने डीएसपी केसीले बताए । उक्त उद्योग राजेन्द्र ढकाललगायत पाँच जनाको साझेदारी लगानीमा सञ्चालनमा रहेको प्रहरीले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top