भेनेजुयलाका राष्ट्रपति माथि ड्रोन हमला

एजेन्सी, साउन २०
भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले विष्फोटक ड्रोनको सहायताले गरिएको हमलाबाट आफू बाँच्न सफल भएको बताएका छन । घटनाको समयमा राष्ट्रपति मदुरो काराकास शहरमा एक सैन्य कार्यक्रमलाई सम्बोधन गरिरहेका थिए ।

मदुरोको भाषणको लाइभ फुटेजमा उनले अचानक माथि हेरेर डराएको र त्यसपछि दर्जनौं सैनिकहरु दौडिएको देख्न सकिन्छ । भेनेजुएलाका अधिकारीहरुका अनुसार उक्त घटनामा सात सैनिक घाइते भएका छन् भने कैयौंलाई प्रहरीले पक्राउ गरेको छ ।

मदुरोले राष्ट्रिय सेनाको ८१ औं स्थापना दिवसको अवसरमा सम्बोधन गरिरहेको समयमा घटना भएको थियो । सञ्चार मन्त्री जोर्गे रोड्रिग्वेजका अनुशार ‘विष्फोटक पदार्थहरुले भरिएको दुई ड्रोन राष्ट्रपतिले सम्बोधन गरिरहेको पोडियम नजिकै पुगेका थिए ।

Advertisement

त्यसपछि सामाजिक सञ्जालमा भाइरल भएका फोटोहरुमा बडीगार्डहरुले मादुरोलाई बुलेटपु्रफ कवचले सुरक्षा दिएको देख्न सकिन्छ । घटनापछि मदुरोले छिमेकी देश कोलम्बिया र अमेरिकाका केही तत्वहरुले आफ्नो हत्या गर्ने ‘दक्षिणपन्थी षडयन्त्र’ अनुसार ड्रोन आक्रमण गरेको आरोप लगाएका छन ।

उनले घटनाको पछाडि कोलम्बियाली राष्ट्रपति जुवान म्यानुएल सान्तोसको हात रहेको पनि बताएका छन । तर, कोलम्बियाको सरकारले भने घटनामा आफ्नो संलग्नता रहेको भन्ने आरोपको खण्डन गरेको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

ह्वाइट हाउस हमला विफल, आक्रमणकारीकी आमाले नै बचाइन् ज्यान

AP25118747479239_4471d6 (1)

आजदेखि ५०० दरका नयाँ नोट चलनचल्तीमा

1ee6a6f9-46aa-4023-b9ba-f198bd6f3222

इरानसँग सम्झौताले समस्यामा ट्रम्प, आफ्नै पार्टी र मन्त्रीले साथ दिएनन्

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top