Nepal Times
Nepal Times
3
Shares

प्रहरीको कुकुर तालिम केन्द्रमा मनाइयो कुकुर तिहार (फाटाे फिचर)

प्रहरीको कुकुर तालिम केन्द्रमा मनाइयो कुकुर तिहार (फाटाे फिचर)

१७ कात्तिक, काठमाडाैँ ।

आज कुकुरको पूजा गरेर कुकुर तिहार मनाइएको छ । यमपञ्चकको दोस्रो दिन आज घर घरमा कुकुरको पूजा गरेर मनाइएको हो ।

आजको दिन कुकुरलाई मिठो–मिठो परिकार खुवाइ, फूलमाला लगाएर पूजा गर्ने प्रचलन रहँदै आएको छ । हरेक वर्ष कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरिँदै आइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ७ः१४ बजेपछि कुकुरको पूजा गर्ने साइत दिएको थियो । सोही अनुसार पूजा गरिएको छ । घरको सुरक्षाको निम्ति कुकुर पाल्ने गरिएको छ । नेपालको पहाडी भू–भागमा त एक घर एक कुकुर अनिवार्य जस्तै रहेको देख्न सकिन्छ ।

आजकै दिन नेपाल प्रहरी केनाइन महाशाखा (कुकुर तालिम केन्द्र)ले कुकुरको पूजाआजा सम्पन्न गरेको छ । प्रहरी अनुसन्धानमा कुकुरको भुमिका निकै नै महत्वपूर्ण मानिने गरिएको छ । विभिन्न प्रकारका जटिल अनुसन्धानमा पनि कुकुरलाई समावेश गराउने गरिएको छ । महाशाखाले कुकुरको सम्मानमा आजको दिनमा विभिन्न प्रकारका खेल खेलाएर तथा खानपान गराएको नेपाल प्रहरी केनाइन महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक डा. देउती गुरुङले बताइन् । कुनै ठाउँमा बम लगायतका शंकास्पद वस्तुहरु भेटेमा पहिलो अनुसन्धानमै कुकुर समावेश हुने भन्दै उनले अनुसन्धानमा कुकुरले निकै नै सघाउने गरेको उल्लेख गरिन् । कुनै घटना हुनासाथ सर्वसाधारणले समेत अनुसन्धानमा कुकुरलाई समावेश गराउन माग गर्ने गरेको उनले बताइन् ।

आफूहरुलाई सघाउने कुकुरहरुको पूजा गर्न पाउँदा खुशी लागेको अनुभूति उनले व्यक्त गरिन् । महाशाखाका कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थ, लागुऔषध, खोजि तथा उद्धार र ट्रयाकको अनुसन्धान गर्ने काम गरिरहेको जनाइएको छ । नेपाल प्रहरीसँग अनुसन्धानमा सघाउने ८ प्रजातीका कुकुरहरु रहेको बताइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.