Nepal Times
Nepal Times
3
Shares

वन कार्यालय मोरङद्धारा रु दश करोड ६३ लाख राजश्व संकलन

वन कार्यालय मोरङद्धारा रु दश करोड ६३ लाख राजश्व संकलन

विराटनगर, साउन २०
जिल्ला वन कार्यालय मोरङले आर्थिक वर्ष २०७४÷७५ मा रु १० करोड ६३ लाख ३२ हजार राजश्व संकलन गरेको छ ।

गत आवमा कार्यालयले वन पैदावार (सरकारी र साझेदारी)बाट रु नौ करोड ३४ लाख २२ हजार, दाउरा बिकक्रीबाट रु १६ लाख ५७ हजार, जडीबुटीबाट रु एक लाख ९१ हजार, सामुदायिक वनबाट रु ६४ लाख ६ हजार, न्यायिक दस्तुुरबाट रु १० लाख ३३ हजार, बेरुजुु असुुलिबाट रु २८ लाख २२५ हजार र प्रशासनिक सेवाबाट रु सात लाख ९५ हजार राजश्व संकलन गरेको जिल्ला वन अधिकृत डा विनोद देवकोटाले जानकारी दिए ।

आव २०७३/७४ मा कार्यालयले रु सात करोड ५० लाख राजश्व संकलन गरेको थियो । सामुुदायिक वनबाट तीन लाख ३४ हजार, साझेदारी वनबाट एक लाख ९३ हजार, सरकारी वनबाट ४४ हजार ९९० तथा निजी वनबाट दुई लाख ११ हजार क्युुफिट काठ उत्पादन भएकोे छ । वनबाट उत्पादित काठ उपभोक्तालाई यसवर्ष पनि वन पैदावार आपूर्ति समितिमार्फत वितरण गर्ने तयारी भइरहेको छ । वन पैदावार आपूर्ति समितिले ५५० उपभोक्तालाई गतवर्ष ३४ हजार क्युुफिट काठ वितरण गरेको थियो ।

सहज रुपमा उपभोक्तालाई घर बनाउनेदेखि विकास निमार्ण तथा कृषि औजार निर्माणका लागि काठ उपलब्ध गराउँदै आएको डा देवकोटाले बताए । कार्यालयले आगलागी पीडितलाई ४३४ क्युुफिट तथा विकास निर्माण र कृषि औजारका लागि ६ हजार ६४५ क्युुफिट काठ वितरण गरेको छ घने ८५ चट्टा दाउरासमेत उपभोक्तालाई वितरण गरेको छ ।
रासस

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.