डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्छाैँ: गृहमन्त्री खाँण

१७ कात्तिक, काठमाडाैँ ।

कार्यबहाक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाँणले बाढिपहिरोले ठूलो जनधनको क्षति पु¥याएको सुदूरपश्चिमका डडेलधुरा, बैतडी र बझाङलाई विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका छन् । बुधबार हेलिकप्टरमार्फत् ती जिल्लाहरुको बाढिपहिरो प्रभावित क्षेत्रको निरीक्षण गरेपछि उहाँले बझाङमा आयोजित एक कार्यक्रममा विपदग्रस्त क्षेत्र घोषणा गर्ने बताएका हुन्।

कार्यबहाक प्रधानमन्त्री खाँणले बाढिपहिरो प्रभावित पूर्वी पहाडी जिल्लाहरु इलाम, पाँचथरलगायतका प्रभावित जिल्लालाई पनि विपदग्रस्त क्षेत्र घोषणा गर्नुपर्ने अवस्था रहेको बताए । उनले पीडितहरुलाई राहत दिने, घाईतेहरुको उपचारको व्यवस्था गर्ने र हराईरहेकाहरुको खोजी गर्ने कार्यलाई सरकारले निरन्तर रुपमा अघि बढाईरहेको पनि स्मरण गराए ।

सरकारले बाढि पहिरोमा परी मृतक भएकाहरुलाई १ लाख, हराईरहेकाका परिवारलाई २ लाख र घाईतेहरुको उपचारको व्यवस्था सरकारले गरिरहेको उनले बताए । कार्यबहाक प्रधानमन्त्री खाँणले भन्नु भयो, ‘यो वर्षाको कारणले ठूलो जनधनको क्षति भएको छ । यसका लागि हामीले सर्वप्रथम खोज गर्ने, उद्धार गर्ने, राहत दिने र पुनर्वासको व्यवस्था गराउने हो । त्यसका साथसाथै यहाँ चाँही भत्केका बाटोहरु बनाउने, सिचाई बनाउने, तटबन्ध बनाउने र यो भूखण्डलाई पहाडलाई कसरी नभत्कने बनाउन सकिन्छ ? र भत्कने यसका भौगर्भिक कारणहरु के छ ? त्यसका लागि पनि हामीले खोज अनुसन्धानको काम गर्नु पर्दछ । र खोज अनुसन्धानबाट निष्कने आउँछ । त्यही अनुसार काम गर्नु पर्दछ । पीडितहरुले सबभन्दा पहिले मृतकहरुलाई राहत रकम दिन भन्नु भएको छ । त्यो सरकारले निर्णय गरिसकेको छ । १ जना मृतकले १ लाख पाउनु हुन्छ । त्यस्तै घाईतहरुलाई हामीले उपचारको व्यवस्था गर्ने हो, गरिराखेका छौं । त्यस्तै जो बेपत्ता हुनु भएको छ । हरेक वेपत्ता सदस्यहरुलाई पनि उसको परिवारलाई २ लाख राहत दिनेछौं । अव विपद घोषणा चाँही हामीले डडेलधुरा, बैतडी र बझाङ, पूर्वी नेपालका ईलाम, पाँचथर लगायतका जिल्लाहरुलाई विपद क्षेत्रको रुपमा घोषणा गर्नु पर्दछ ।’

कार्यबहाक प्रधानमन्त्री खाँणले बाढिपहिरोले भत्काएको सडक, सिँचाईलगायतका पूर्वाधार निर्माणको कामलाई पनि तत्काल अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले पहाडी जिल्लाहरुको भौगर्भिक अवस्थाको अध्ययन गरेर विपद आउन नदिने खालको कार्यक्रमहरु ल्याउन सरकार लागिपर्ने पनि बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top