भारतबाट मालाको आयात बढ्यो, मूल्य घट्यो

१८ कार्तिक, काठमाडौं ।

Advertisement

यो वर्ष छिमेकी मुलुक भारतबाट धेरै माला आयात हुँदा बजारमा मूल्य घटेको छ । तिहारको पहिलो दिनमै बजारमा मालाको आयात ह्वात्तै बढेकाले प्रतिमालामा २० देखि ३० रुपैयाँ मूल्य घटेको हो ।

गत वर्ष ७० देखि ८० रुपैयाँ प्रतिमाला सयपत्रीको रहेकोमा अहिले घटेर ५० देखि ६० रुपैयाँमा झरेको हो । फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल(फ्यान)का अध्यक्ष मिनबहादुर तामाङले भारतबाट ठूलो संख्यामा माला आयात भएकाले तिहारमा सयपत्री मालाको मूल्य घटेको बताए ।

Advertisement

तिहारको बेला सयपत्री र मखमली मालाको खपत धेरै हुने गरेको छ । मखमली मालाको मूल्य भने प्रतिगोटा ४० देखि ५० रुपैयाँ रहेको छ । बुुधबार बिहान प्रतिगोटा ७० देखि ८० रुपैयाँमा बिक्री भएको माला बेलुका मूल्य घटेर ५० रुपैयाँमा झरेको उनको भनाइ छ ।

“यस वर्ष साढे दुई लाख माला अपुग हुने अनुमान गरिएको थियो,” उनले भने, “धेरै माला आयात भएकाले मूल्य घटेको छ ।” भारतबाट धेरेै माला आयात भएपछि स्थानीय मालाले मूल्य नपाउने उनको भनाइ छ ।

Advertisement

“स्वदेशी मालाको लागत ५० देखि ६० रुपैयाँ पर्ने गर्छ” उनले भने, “५० रुपैयाँमा भारतीय माला भएपछि स्वदेशी मालाले मूल्य नपाउने देखिन्छ ।” तिहारमा साढे १८ लाख माला खपत हुने अनुमान गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top