ओलीको क्यारिकेचर गर्दै नेपालले भने- ‘गफाडीको कामै खिसिट्युरी गर्ने हो’

१८ कार्तिक , काठमाडौ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीलाई गफाडीको संज्ञा दिएका छन् ।

मध्यपुर थिमिमा पार्टी नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले अहिले ओली नेतृत्वको एमाले गफाडी जमात भएको टिप्पणी गरे । गफाडीको कामै खिसिट्युरी गर्ने भएको उनको भनाइ थियो ।

ओलीकै शब्द र स्वरमा क्यारिकेचर गर्दै अध्यक्ष नेपालले भने, ‘अस्ति भर्खर रौतहटमा १५ हजार मान्छेको बीचमा शुभकामना आदानप्रदान कार्यक्रम भयो ।

हाम्रा विरोधी भनिनेहरु खिसिट्युरी गर्दै थिए, ‘कति मान्छे आउलान र जम्मै कुर्सी नै खाली होला’ भन्या थे । जब त्यहाँ १५ हजार मानिस ओर्लिए । दुई हजार मोटरसाइकल सडकमा कुद्न थाले । पूरा जिल्लामा तरंग पैदा ग¥यो । सातो गएछ तिनीहरुको ।’

उनले थपे, ‘उनीहरुको कामै खिसिट्युरी गर्ने हो । गफाडी जमात हो । त्यो बाहेक केही जानेकै छैन । काम गर्ने कम गफ गर्ने ज्यादा, गाउँघरमा यस्तालाई गफाडी भनिन्छ । हामी कामकाजी हौं । विराटनगर मोरङमा पनि दुई हजार आउलान कि भन्ने थियो, सात हजार मान्छे आइदिए । सोचेको भन्दा पनि आकर्षण छ । कैलाली, कञ्चनपुर, पोखरा, स्याङ्जा पुगेको थिए नयाँ तरंग छ ।’

सबै ठाउँमा मान्छेहरु नयाँ पाटीबाट नयाँ ढंगले जान खोजेको उनको दाबी छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top