×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

इमरानलाई सोमबार प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने

२० श्रावण २०७५

इस्लामावाद, साउन २०
पाकिस्तानको तेहरीक–ए–इन्साफ (पिटीआई) का अध्यक्ष इमरान खानलाई भोलि (सोमबार) औपचारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिने भएको छ ।

पार्टीका प्रवक्ता फवाद चौधरीले दिएको जानकारी अनुसार सोमबार बस्ने पार्टीको संसदीय दलको बैठकले खानलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गर्नेछ । पार्टीको संसदीय दलको बैठक सोमबार इस्लामाबादमा बोलाइएको छ ।

Advertisement
Advertisement

“पार्टीका तर्फबाट निर्वाचित सबै नेतालाई सोमबारको बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ,” उनले भने ।उनले खानको नेतृत्वमा केन्द्रीय सरकार बनाउन आवश्यक पर्ने सांसदहरुको संख्या पुग्ने दावी पनि गरे ।

पिटिआइका सांसद र स्वतन्त्र सांसद गरी संघीय संसदमा १२५ जना सांसद आफ्नो पक्षमा रहेको चौधरीको भनाई छ । तर, संघीय संसदमा आफ्नो पार्टी, स्वतन्त्र र गठबन्धनमा रहेका पार्टीका गरी १७४ जना सांसद खानको पक्षमा रहेको पनि उनले जानकारी दिए। बलुचिस्तान नेसनल पार्टीका तीन सांसदले पनि खानको पक्षमा मतदान गर्नेछन् ।

Advertisement

पाकिस्तानमा गत जुलाई २५ तारिखमा भएको निर्वाचनबाट खानको पार्टी पिटिआइ सबैभन्दा ठूलो पार्टी भएपछि उनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भएको हो ।खानले मन्त्रिपरिषद् १५ देखि २० सदस्यीय मात्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top