६ वटै प्रदेश सरकार गठबन्धनको हातमा सानो दु:खले आएको होइन : प्रचण्ड

१८ कार्तिक, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले ६ वटै प्रदेश सरकार गठबन्धनको हातमा आइपुगेको भन्दै यो सानो दुःखले सम्भव नभएको बताएका छन्।

मिलेर आन्दोलनमा जाँदा जतिसुकै ’सेटिङ’ भएपनि जित जनताकै हुने प्रचण्डले बताए।

Advertisement

बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले उपलब्धिहरुको रक्षाका लागि जनता अझै लड्न तयार छन् भन्ने आफूहरुलाई थाहा भएको बताए।

’जनता अहिले पनि यो उपलब्धिको रक्षाका लागि लड्न तयार छन् भन्ने हामीलाई ज्ञान भयो। मिलेर आन्दोलनमा जाँदा जित जनताकै हुनेरहेछ। जितसुकै सेटिङ भएपनि,’ उनले भने, ’६ वटै प्रदेश सरकार गठबन्धनकै हातमा आइपुगेको छ, यो सानो दुखले आएको होइन।’

Advertisement

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरु सलबलाइरहेको भन्दै षड्यन्त्र पूरै नसकिएको बताए।

’उनीहरुले गर्ने षड्यन्त्र पूरै सकियो अब हामीले जित्यौं भन्ने अवस्था बनिसकेको छैन, षड्यन्त्र अझै भइनै राख्छन्,’ प्रचण्डले भने, ’यसलाई परास्त गर्न हामी बलियो हुनुपर्छ।’

उनले नेकपा माओवादी केही वर्षयता केही सिथिल जस्तो देखिएका कारण प्रतिक्रियावादीहरुले टाउको उठाएको बताए। प्रचण्डले अब माओवादी जाग्ने बताए।

’माओवादी जागन् खोजेको छ। हामीले फेरि एकपटक उत्पिडितका मुद्दा र समाजवादी क्रान्तिको रणनितिको मुद्दा लागू गर्न क्रान्तिकारी पार्टी बनाउनका लागि जस्तो सुकै आन्दोलन गर्न संकल्प गर्नुपर्छ।’ माओवादीलाई क्रान्तिकारी पार्टी बनाइ छाड्ने संकल्पलाई पूरा गर्नुपर्ने उनले बताए।

विचारधारात्मक प्रश्नमा जति छलफल र प्रशिक्षण गर्नुपर्ने हो त्यसो नुहँदा माओवादीमा वैचारिक अस्पष्टता आएको उनले बताए।

हामी अरु पार्टी जस्ता होइनौं। हामी अर्कै जातका मान्छे हौं। हामी अरु÷अरु जस्तो हुँदै गयौं। अरु जस्तो होइन भन्ने सावित गर्नुपर्ने छ’ उनले भने।

माओवादी सकियो भनेर केहीले ठूलो प्रचार गरेको भएपनि प्रतिगमन विरोधि आन्दोलनका माध्यमबाट आफूहरु सिद्धिएका रहेनछौं भन्ने देखिएको उनले बताए। ’बरु हामी बिजयी भएका छौं। अझ ठूलो विजयको निम्ति लडाइँको तयारी गर्दै छौं भनेर जवाफ दिएका छौं’ उनले भने।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top