प्रतिक्रियावादीहरुले मलाई ‘तार्गेट’ गरिरहेका छन् : प्रचण्ड

१८ कार्तिक, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आफूलाई हराउनका लागि अन्तर्राष्ट्रिय प्रतिक्रियावादी र देशभित्रका प्रतिक्रान्तिकारी शक्ति लागिरहेको बताएका छन्।

बिहीबार नेवा राष्ट्रिय मुक्ति मोर्चाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिक्रियावादीहरुको ’तार्गेट’ माओवादी केन्द्रमा पनि प्रचण्ड रहेको बताएका हुन्।

Advertisement

जनताको पक्षमा माओवादी रहने भएसँगै केही शक्ति आत्तिएको उनले बताए। ’प्रतिगामी प्रतिक्रान्तिकारी जसलाई भनिएको छ, उसको तार्गेट चाँही माओवादी केन्द्रमा पनि प्रचण्डलाई नसिध्याएसम्म हुँदैन भन्नेमा छन्,’ उनले भने, ’माओवादी केन्द्र नभइ प्रचण्डलाई सिध्याउने अभियानमा छन् तिनीहरु।’

’तपाईंहरुले हिजो अस्तिका यसो हेर्नु भयो भने थाहा पाउनु हुन्छ। उनीहरुको उदेश्य अरु केही छैन। अहिले यो अनौठो लाग्न सक्छ। अन्तर्राष्ट्रिय प्रतिक्रियावादी र राष्ट्रिय प्रतिक्रियावादी सबै मिलेर प्रचण्डलाई हराउनेमा छन्, अहिले’ उनले भने।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top