गठबन्धन सरकार चुनावसम्मै रहन्छ: प्रधानमन्त्री देउवा

१८ कात्तिक, काठमाडौँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गरेका छन् । बिहीवार बेलायतमा भएको कोप २६ कार्यक्रममा सहभागी भएर नेपाल फर्कनुभएका प्रधानमन्त्री देउवाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धन सरकार चुनावसम्मै रहने दाबी गरेका हुन् ।

उनले बेलायतमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग एयरस्पेस लगायत देशका विभिन्न समस्याहरुका बारेमा कुरा गरेको बताए । भारतीय प्रधानमन्त्री मोदीसँग लुम्बिनी अन्तर्र्राष्ट्रिय विमानस्थल सञ्चालनपछि भारतको भूमि हुँदै विमानहरु अन्यत्र जानुपर्ने भएकोले त्यस सम्बन्धमा पनि कुरा गरेको बताउँदै नेपालप्रति भारतको सद्भाव देखिएको बताए । प्रधानमन्त्री देउवाले भारतले आफ्नो देशमा युरिया मलको अभाव हुँदाहुँदै नेपाललाई मल उपलब्ध गराएको बताउँदै भारतलाई धन्यवाद दिएको बताए ।

उनले बेलायती रक्षामन्त्रीले नेपाली गोर्खा सैनिकको समस्या समाधान गर्ने बताउनुभएको पनि जानकारी गराए । प्रधानमन्त्री देउवाले बेलायती प्रधानमन्त्री बोरिस जोनसनले नेपाललाई आफ्नो तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको बताए । उनले नेपालमा हरित ग्याँस घटाउने कुरा आफूले कोप २६ मा राखेको बताउँदै सबै देशले यसमा सहयोग गर्ने र कार्बन उत्सर्जन कम गर्नेमा प्रतिवद्धता जनाएको बताए । प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको बताउँदै मोदीले आफूलाई भारत भ्रमणको निम्तो दिएको बताए।

प्रधानमन्त्री देउवाले भने, ‘गठबन्धन सरकार पूरै समयसम्म रहन्छ, गठबन्धनमा कुनै किसिमको शंका नगर्नुभए हुन्छ, सबै विषयमा कुराहरु भएको छ, विदेशीसँग, भारत लगायत सबैसँग, एयरस्पेसको सम्बन्धमा पनि लुम्बिनीमा भारतको भूमि भएर जानु पर्ने भएकोले उसँग कुरा भएको छ, यावत् कुराहरु भएका छन्, यो यो भनेर म भन्न चाहन्न, राम्रा कुरा भएका छन्, नेपालप्रति भारतको सद्भाव देखिएको छ, नेपालमा यूरिया मलको कुरा छ, भारतमा अभाव हुँदाहुँदै पनि नेपाललाई दिएकोमा मैले धन्यवाद दिएको छु, बेलायतको रक्षामन्त्रीको नेपालको प्रति धेरै सद्भावना रहेछ, उहाँको बुवादेखि आफूले पनि गोर्खा सैनिकसँग काम गरेको हुनाले नेपालप्रति राम्रो सम्बन्ध छ, अरुलाई बरु घटाएर गोर्खा सैनिकको संख्या बढाएको छु भन्नुभयो, कति कुराहरु अझै समस्इा छन् त्यसमा हाम्रो पूर्व राजदूतले राम्रो काम गर्नुभएको रहेछ, अब पठाउने राजदूतलाई पनि सबै कुरा भनेर पठाउँछौँ, म के भन्न चाहन्छु भने जुन बेलादेखि उहाँहरुले गोर्खा सैनिकको तलब बढाएको छ, त्यो बेलादेखिको पेन्सन बढ्न सकेको छैन, अझै छलफल गर्न जरुरी छ भन्नुभएको छ, जोनसनले नेपालको बारेमा सबै कुरा थाहा पाएका रहेछन्, पूरा सहयोग गर्ने कुरा बताउनुभएको छ, लक्ष्य हाम्रो कार्बन घटाउनेदेखि लिएर सबै कुरा भएको छ कोप २६ मा यसले गर्दा मलाई विश्वास छ नेपालमा हरित ग्याँस बढेको छ यो घट्नेछ र हाम्रो नेपालमा हरित ग्याँसकै कारण बाढी पहिरो आएको छ, २ सय बढी मानिसहरु मरेका छन्, कति बेपत्त छन् यी सबै कुराहरु मैले उठाएको छु , यसमा सबैको प्रतिवद्धता देखिएको छ, मैले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउनुस् भनेको छ, उहाँले आउँछु भन्नुभएको छ, मलाई भारत आउनुस् भन्नुभएको छ, एमसीसीको सम्बन्धमा हाम्रो कुरा भइरहेको छ, त्यसकारण छिटै पत्रकार सम्मेलन गरेर हामी पास गराउने कुरा छ, मैले र प्रचण्डजीले साइन गरेरै पठाएका छौँ त ।

प्रधानमन्त्री देउवाले एमसीसीको अध्यक्षलाई भेटेर नेपालमा अब छिटै पत्रकार सम्मेलन गरी एमसीसी पास गर्ने बताएको जानकारी दिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top