केराका थाम बेचेर मनग्ये आम्दानी

१७ कात्तिक ७८, बिहीबार

१८ कात्तिक, महोत्तरी ।

दीपावली पर्वको मुख्य दिन बिहीबार लक्ष्मीपूजाको तयारीले महोत्तरीसहितका मिथिला क्षेत्रमा एकाबिहानैदेखि चहलपहल बढेको छ ।

यस भेगका प्रत्येकजसो बजार केन्द्रमा बिहानैदेखि नै केराका थाम (बोट)को बजार लागेको छ । दीपावली पर्वमा लक्ष्मीपूजाका लागि स्वागतद्वार बनाउन केराको बोट सजाइने मैथिल परम्पराअनुसार जिल्लाका गाउँ, नगर, बस्तीका चोकचोकमा केराका थामको बजार जमेको हो ।

पर्वमा बनाइने स्वागतद्वारको मूल खाँबा नै केराको थामबाट बनाइने परम्परा भएको हुँदा मिथिला क्षेत्रमा यो पर्व विशेषमा केराका थामको निकै महत्व हुने गरेको छ । केराका थामबाट बनाइएको स्वागतद्वारबाट लक्ष्मी प्रशन्न हुँदै गृह प्रवेश गर्ने मैथिल हिन्दूका जनविश्वास छ ।

पर्वका अवसरमा थामको बजार आज बिहान जमे पनि मिथिलामा यसको खोजी केही पहिलेदेखि नै हुने गरेको छ । खासगरी व्यापारिक प्रतिष्ठानले लक्ष्मीपूजाकै दिन थाम पाइने/नपाइने दुविधाले एक साता पहिलेदेखि नै अग्रिम पेश्की दिएर सुनिश्चित गरेका पाइएको छ । भङ्गाहा–४ रामनगरका केराखेती गर्ने किसान सत्यनारायण यादवले यसपालि ३५ हजारको थाम बिक्री भएको बताए ।

पर्व विशेषमा जिल्लाका मुख्य बजार बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलबा र जिल्ला सदरमुकाम जलेश्वर नगरसहितका बजारचोकमा किसानले बिक्रीका लागि केराका थाम पुर्‍याएका छन् । खर्चबर्चका अभावमा चाड कसरी मनाउने चिन्ता परेका बेला थाम बिक्रीबाट भएको आर्जनले पर्व टार्न सजिलो भएको भङ्गाहा–६ हतिसर्वाको झपौल बस्तीका किसान रामचन्द्र महराको भनाइ छ ।

दीपावली पर्वमा एकजोडा केराका थाम ४०० सम्म बिक्री हुने गरेका किसानको भनाइ छ । पर्व सुरु हुनुअघि नै आफ्नो करिब १० कठ्ठा क्षेत्रफलमा लगाइएको केराका बोटको नयाँ कोथा बेचेर ३० हजार लिइसकिएको बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोले जानकारी दिए । खासगरी तिहार र छठपर्वमा केराका घरी र कोथा दुवै उत्तिकै बिक्री हुने भएकाले यो आफूहरुको आयआर्जन र गुजाराको राम्रो साधन बनेको आम किसानको धारणा छ ।

‘केराका झ्याङ्मा एउटा बोटमा तीन वटाभन्दा बढी भएका कोथा छाँट्नैपर्ने हुन्छ, धेरै कोथा निस्किए केराका कोसा राम्ररी फस्टाउँदैनन्’ गौशाला नगरपालिका–१० लक्ष्मीनियाँका किसान अरुण कुशवाहा भने, ‘छाँट्नुपर्ने कोथालाई हामी दीपावली पर्खन्छौँ ।’ यस पर्वमा कोथाबाट नै अतिरिक्त आम्दानी हुने भएको हुँदा बेला कुर्ने गरिएको कुशवाहाको भनाइ छ ।

मिथिला क्षेत्रमा दीपावली र छठपर्वका अवसरमा स्वागतद्वार बनाउन परम्परागतरूपमा अनिवार्यजस्तै रहँदै आएको केराको थाम शुभ र लाभदायक हुने, केराका थामबाट बनाइएका स्वागतद्वारबाट लक्ष्मी गृह प्रवेश गर्ने विश्वासले यसको महत्व बढेको मिथिला संस्कृतिका जानकार बताउँछन् । वैदिककालदेखि नै प्रचलनमा रहेको यो परम्परा मिथिला लोकसंस्कृतिको अभिन्न अङ्ग नै बनिसकेको मिथिला संस्कृतिका ज्ञाता जिल्ला सदरमुकाम जलेश्वर–८ बजराहीका ७० वर्षीय मनोहरनाथ पाठकले बताए ।

दीपावली र छठपर्वसमेत जिल्लाभरि गत वर्ष केराका घरी र थामसमेत लाखौँको कारोबार भएको महोत्तरी उद्योग वाणिज्य सङ्घले जनाएको छ । यसपालि एक साताअघि नै थामसँगै पर्वविशेषकै लागि घरीको समेत खरिद बिक्री सुरु भएको हुँदा कारोबार रकम अझै बढ्ने छाँट देखिएको सङ्घका अध्यक्ष मोहनप्रसाद गुप्ता बताउँछन् ।

जिल्लामा पर्व विशेषमा हुने केराको थाम र घरी बिक्रीको आकर्षणले यसको खेती गर्ने किसानको सङ्ख्या र क्षेत्रफल वर्षेनी बढ्दै गएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।रासस

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top