कर्णालीमा सडक सञ्जाललाई पहिलो प्राथमिकता : मुख्यमन्त्री शाही

१८ कात्तिक ७८, बिहीबार
Share this
708shares

१८ कात्तिक, सुर्खेत ।

Advertisement

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्ने कार्यलाई पहिलो प्राथमिकता दिइने जानकारी दिएका छन् । उनले मन्त्रिपरिषद् विस्तारपछि बस्ने पहिलो बैठकमा राष्ट्रिय सडक सञ्जालसँग नजोडिएका हुम्लालगायत यहाँका १० वटै जिल्लालाई सडक सञ्जालमा जोड्न पहल गरिने बताएका हुन् ।

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारले गरेका कामको आधारलाई समेत समेटेर यहाँका बासिन्दाको अधुरा सपना पूरा गर्न नवनियुक्त मुख्यमन्त्री शाहीले प्रतिबद्धता पनि जनाए । उनले भने, “पूर्व मुख्यमन्त्री शाही अहिले काठमाडौँ जानुभएको छ, उनी काठमाडौँबाट फर्केलगत्तै तिहारपछि नेकपा (एकीकृत समाजवादी) सँगको समन्वयमा मन्त्रिपरिषद् विस्तार हुनेछ ।”

Advertisement

मन्त्रिपरिषद्मा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसबाट एक, नेकपा (माओवादी केन्द्र) बाट चार र नेकपा (एकीकृत समाजवादी) बाट दुई मन्त्री बन्ने चर्चा छ ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top