पर्वतको कुश्मा विश्वकै अग्लो ‘हाइड्रोलिक स्विङ’ सञ्चालन

१७ कात्तिक ७८, बिहीबार

१८ कार्तिक, पर्वत ।

पर्यटकीय गन्तव्यका रूपमा चिनिँदै आएको पर्वत सदरमुकाम कुश्मामा साहसिक पर्यटनमा रमाउनेहरूका लागि फेरि अर्को नयाँ खेल थपिएको छ।

विश्वकै दोस्रो अग्लो बन्जी जम्प र सुपरम्यान शैलीको दोस्रो लामो जिपलाइन रहेको यहाँ अर्को साहसिक खेलका रूपमा ‘विश्वकै सबैभन्दा अग्लो’ ‘हाइड्रोलिक स्विङ’ (पिङ) सञ्चालनमा ल्याइएको हो।

द हार्नेस प्रालिले कालीगण्डकी नदीमा बन्जी जम्प र जिपलाइनको बीचमा पर्ने गरी पिङ पनि सञ्चालन गरेको हो। सुपरम्यान जिपलाइन १४ सय ८० मिटर लामोे छ।

रु. ८० लाखको लगानीमा पिङ निर्माण गरिएको कम्पनीका कार्यकारी निर्देशक सुनिलसिंह बानियाँले बताए। जमिन बलियो पार्नका फाउन्डेसनमा मात्र रु. ५० लाख खर्च गरिएको छ।

‘हामीले रू १५ करोडको लगानीमा जिपलाइन निर्माण गरिरहेका छौं। यसैको साथमा फेरि रु।८० लाखको लगानीमा हाइड्रोलिक स्विङ सञ्चालन ग¥यौं। यसले पनि पर्वतको पर्यटनमा अर्को नयाँ आयाम थप्ला भन्ने लागेको छ,’ उनले भने, ‘अब पर्वत साहसिक खेलको जिल्लाको रूपमा चिनिएको छ।’

यस्तै खालका स्विङ यसअगाडि युनाइटेड स्टेट, चाइना र साउथ अफ्रिकामा बनेका भए पनि पर्वतमा सञ्चालित स्विङ भने विश्वकै सबैभन्दा अग्लो ५२ फिट उचाइको हुने उनको भनाइ थियो ।

नेपालमा अहिलेसम्म सञ्चालनमा रहेका पिङलाई हातले तान्ने वा घिर्नी र डोरीको सहायतामा तानेर छाड्ने खालको रहेकामा हाइड्रोलिक पिङमा भने डोरी र घिर्नी नभई विद्युतीय उपकरण प्रयोग गर्न लागिएको छ।

उपकरण निश्चित गतिमा चल्ने भएकाले अरू डोरीको पिङजस्तो सुरुमा चर्को र विस्तारै गति कम हुँदै जाने हाइड्रोलिक पिङमा नहुने भएकाले निश्चित समयमा निश्चित पटक मात्रै मच्चिने र हरेक पटक पार गर्ने दूरी पनि बराबर नै हुने ‘द हार्नेस प्रालि’ का अध्यक्ष विदुर पौड्यालले बताए।

‘यो अटो अपरेटेड स्विङ हो, अरूमा जस्तो गति तलमाथि यसमा हुँदैन। एक मिनेटमा १२ पटक मच्चिने यो पिङ ९० डिग्री कोणसम्म सिधा हुन्छ,’ उनले भन्नुभयो, यो स्विङमा चिनियाँ प्रविधि र सामाग्री प्रयोग गरिएको छ। नेपालमा यस्ता पिङ नबनेकाले पनि धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई यसले लोभ्याउने आस गरेका छौं।’

निर्माण कम्पनीका अनुसार पिङमा एक पटकमा चारजनासम्म बसेर खेल्न मिल्ने छ । पिङ मच्चिएको अवस्थामा कालीगण्डकी किनारमा रहेको डरलाग्दो भीरमाथिको भागमा सिधा भएर बसेको अवस्थामा देख्न सकिन्छ ।

यो पिङ र जिपलाइनको परीक्षणसमेत सफल भएकाले केही दिनभित्रै दुवै साहसिक खेलको औपचारिक तथा व्यावसायिक सुरुवात गर्ने तयारीमा कम्पनी रहेको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top