प्रधानमन्त्रीको भनाइप्रति भीम रावलको आपत्ति, एमसीसीबारे पठाइएको पत्र सार्वजनिक गर्न माग

१८ कार्तिक, काठमाडौं ।

Advertisement

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले विश्व जलवायु सम्मेलनमा सहभागी भएर फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीबारे दिएको अभिव्यक्तिको आलोचना गरेका छन्।

प्रधानमन्त्री देउवाले बेलायतबाट फर्किएलगत्तै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा संसद्बाट एमसीसी पास गर्न आफू र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मिलेर पत्र पठाइसकेको बताएका थिए।

Advertisement

प्रधानमन्त्रीको भनाइपछि एमाले उपाध्यक्ष रावलले ट्विट गर्दै त्यसको आलोचना गरेका हुन्। ‘बेलायतमा जलवायु सम्मेलनमा भाग लिई फर्किनासाथ प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउने भनी आफू र प्रचण्डले पत्र पठाइसकेको खुलासा गर्नुभयो।

राष्ट्रघाती प्रावधान भएको सम्झौताबारे पठाइएको पत्र तुरून्त सार्वजनिक गरियोस्। यस्तो विषयमा गोप्य पत्राचार देशघात हो। प्रचण्डको पत्र के हैसियतले पठाइयो,’ रावलले प्रश्न गरेका छन्।

Advertisement

एमसीसीकी उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुले बेलायतमै भेट गर्दै एमसीसी पास नगरी संसद् अधिवेशन अन्त्य गराएकामा चासो राखेपछि आफूले यसबारे चिन्ता नलिन र एमसीसी पासका लागि आफू र प्रचण्डले पत्र पठाइसकेका छौं भनेर जवाफ दिएको देउवाले सञ्चारकर्मीलाई सुनाएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top