बेमौसमी वर्षा : एउटै नगरपालिकामा एक करोड ८७ लाखको धान क्षति

१७ कात्तिक ७८, बिहीबार

१८ कार्तिक, अर्घाखाँची ।

दुई साता अघिको बेमौसमी वर्षाका कारण शितगंगा नगरपालिकामा मात्र १ करोड ८७ लाख रुपैयाँको धानबालीमा क्षति पुगेको छ ।

नगरपालिकाले १४ मध्ये १३ वडामा क्षतिको विवरण संकलन गर्दा ७ सय ६६ किसानको ७९ हजार क्विन्टल धानमा क्षति पुगेको हो ।

धानबालीमा १ करोड ८७ लाख ७३ हजारको क्षति पुगेकाले प्रदेश र संघ सरकारसँग राहत माग गरिएको उपमेयर टीका रेश्मीले जानकारी दिए।

कहाँ कति क्षति ?

शितगंगा १ मा १३ जना किसानको २ सय ४ क्विन्टल, २ मा १३ किसानको १ सय १४ क्विन्टल, ३ मा ३० किसानको ४ सय ६ क्विन्टल, ४ मा २६ जना किसानको ४ सय ३८ क्विन्टल, ५ मा १६ किसानको १ सय ७७ क्विन्टल र ६ मा २७ किसानको ३ सय १४ क्विन्टल धान क्षति भएको तथ्यांक छ ।

त्यस्तै, शितगंगा ७ मा २५ किसानको ३ सय ३५ क्विन्टल, ८ मा चार किसानको १६ क्विन्टल, १० मा ५० किसानको ६ सय ३० क्विन्टल, ११ मा १ सय २२ किसानको १ हजार ७ सय १५ क्विन्टल, १२ मा ४८ किसानको ६ सय १० क्विन्टल, १३ मा १ सय ४८ किसानको ३ हजार २ सय २ क्विन्टल र १४ मा २ सय ४४ जना किसानको २ हजार ७ सय ९७ क्विन्टल धानमा क्षति पुगेको कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिए ।

संघ सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिका आधारमा राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top