‘बादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएकै हो – प्रचण्ड

१८ कार्तिक, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रियावादी र प्रतिक्रान्तिहरू माओवादी आन्दोलन कमजोर बनाउन षड्यन्त्रमा रहेको बताएका छन् ।

‘माओवादी केन्द्र र त्यसको पनि मुख्य नेतृत्व कमजोर बनाउन षड्यन्त्र भइरहेको छ,’ नेपाल संवत् ११४२ अवसरमा बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रचण्डले भने, ‘समाजवादी क्रान्तिलाई नयाँ उचाइँमा प¥याउने सपनामाथि षड्यन्त्र भइरहेको छ ।’

प्रचण्डले ‘बादशाहलाई घोडाबाट झारेजस्तो ओली (एमाले अध्यक्ष केपी शर्मा ओली)लाई बालुवाटारबाट बालकोट पु¥याएको बताए । ‘कम्युनिष्टलाई एउटै थलोमा ल्याउन पार्टी एकता ग¥यौँ । तर, पार्टीभित्रैबाट,अध्यक्ष एवं प्रधानमन्त्री बनाएकाबाट गणतन्त्र उल्ट्याउने षडत्रन्त्र सुरु भयो,’ प्रचण्डले भने, ‘प्रतिनिधिसभा विघटनको अर्थ फेरि मुलुकलाई कहीँ न कहीँ निरंकुशतन्त्र तिर लैजान, संविधान उल्ट्याउने समावेशी लोकतन्त्र उल्ट्याउने षड्यन्त्र थियो । हामीले त्यसविरुद्ध ‘वादशाहलाई घोडाबाट झारेजस्तो ओलीलाई बालुवाटारबाट बालकोट पु¥याएकै हो ।’

‘अन्ततः पार्टी विभाजन भए पनि ‘कम्युनिष्टलाई एकतावद्ध गर्नुपर्छ’ भन्ने सपना गलत थिएन, सही थियो,’ उनले भने, ‘किनकि कार्यकर्ता मात्र होइन, जनताले पनि अनुमोदन गरेका थिए । दुई तिहाइबाट अनुमोदन भएको थियो ।’

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top