न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्छ : प्रकाशमान सिंह

१८ कात्तिक, काठमाडाैँ ।

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले न्यायपालिकाको समस्यालाई सरकारले समाधान गर्नुपर्ने बताएका हुन् । उनले न्यायालयमा भएको बेथितीलाई गठबन्धन सरकारले हटाउनुपर्ने बताए। उनले न्यायालयको यो अवस्था भइसक्दा समेत राजनीतिक दलका नेताहरुले न्यायालयमा दखल गर्नु हुँदैन भनेर बस्न नमिल्ने बताए।

नेता सिंहले भने, ‘नेताहरु न्यायालयमै गर्नुपर्छ भन्छन्, पार्टीहरुले दखल नै दिनु हुँदैन भनेर बोलिराछन्, सरकार गठबन्धन, अनि न्यायालयमा भएको बेथितीमा यो सरकारका नेताहरुले करेक्शन नगरे कसले गर्छ, कसको जिम्मा त ? कसले प्रधानन्यायाधीशले गर्ने ? जो आफैँ विवादको केन्द्रबिन्दुमा छ, न्यायालयले मात्रै गर्छ ? यो त सरकारको काम हो, सरकारले गर्नुपर्ने काम नगर्ने ? खालि भाग्दै हिँडेर हुन्छ, समस्या आएपछि समाधान गर्नुपर्छ, यसमा सरकारको ध्यान जान जरुरी छ ।’

नेता सिंहले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नभएको बताए । उनले नेपालको त्रुटिपूर्ण व्यवस्थापकीयका कारण पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै नेता सिंहले नेपाली काँग्रेसले गठबन्धन सरकारको नेतृत्व गरेकोले आगामी दिनलाई हेरेर काम गर्नुपर्ने बताए ।

नेता सिंहले भने, ‘चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य हाई भयो, यो राम्रो भएको छैन, नेपालको मिस म्यानेजमेण्टका कारण एकैपटक प्राइज हाई गर्ने भन्ने हुँदैन सरकारले ध्यान पुर्याउनु पर्छ, महंगी त बढ्यो, हामी जनतासँग अन्तरक्रियाका लागि जान्छौँ, यो ओलीको सरकार जसरी कुरा गर्छन्, गठबन्धनको सरकारको जिम्मेवारी काँग्रेसले लिनुपर्छ, यसको नतिजा अर्को चुनावमा हुन्छ, त्यसैले त्यसको परिणामलाई हेरेर काम गर्नुपर्छ, हाम्रो पार्टी म्याद गुज्रिसकेको छ, समय सकिसकेको पार्टी छ ।’

नेता सिंहले नेपाली काँग्रेसको कलहका कारण कम्युनिष्टहरुलाई फाइदा भएको बताए । उनले आफूले पार्टी सभापतिमा दाबी गर्दा गलत दुष्प्रचार गरिएको समेत बताए। उनले धाँदलीरहीत प्रतिष्पर्धामा उत्रिन पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनौति दिए । उनले नेतृत्वले काम गर्न नसक्दा पार्टी बेथितीमा गएको बताउँदै पार्टी सभापति देउवाले बहुमत छ भनेर मनलाग्दी गरेको आरोप लगाए ।

नेता सिंहले भने, ‘काँग्रेस रिसिबीको कारण कम्युनिष्टहरुलाई फाइदा भइरहेको छ, पार्टीको १४ औँ महाधिवेशनमा म पार्टी सभापतिमा उठ्छु भनेको हो नि त, मैले घोषणा गरेको कारणले गर्दा अहिले पार्टीभित्र अरु पनि त प्रतिष्पर्धी छ, ठीक छ, हेल्दी प्रतिष्पर्धा गरौँ, गलत दुष्प्रचार गरिरहेको छ, मलाई भोट कहाँ छ, त्यही काठमाडौंमा मात्रै त हो नि भन्थे, भोट १४ औँ महाधिवेशनको भोट गणना गर्दा थाहा हुन्छ,म रहर गरेर त्यसै, फलानोको छोरा, फलानो, मौका पाउँदा काम नगरेर पार्टी सभापति बन्छु भनिरहेको हो र म ? अवसर पाउँदा काम गरेर देखाउनु पर्यो नि, अवसर पाउँदाकाम नगर्ने, अवसर पाउँदा पदमा जाने, पदीय दायित्व, जिम्मेवारी बहन गर्नु नपर्ने, वाह कस्तो आनन्द, संविधान जारी गर्ने पार्टी निर्वाचनमा १६५ मा २३ सिटमा खुम्चिनु भनेको के नेतृत्व राम्रो भएर हो, मन्त्र र भजन गाउँदैमा जनताले पत्याउँछ, सत्य तीतो हुन्छ,यस्तो तरिकाले पार्टी अघि बढ्छ, हरेक कुरा बेथितीमा, बहुमत छ भन्दैमा जे पायो त्यही गर्न पाइन्छ, पार्टी सभापति र पदाधिकारीले जे मन लाग्यो त्यही गर्न पाइन्छ ? केन्द्रिय कार्यसमितिमा मेरो बहुमत छ, बिरोध गर्दै गर भन्ने, पार्टीको हालत के छ अहिले ? ४ वर्षको कार्यकाल सकिँदा पनि गर्नुपर्ने काम नगरेर असामान्य परिस्थिती भयो, महाधिवेशन सकेको २ महिनामा गठन गर्नुपर्ने विभाग महाधिवेशन सकेर कार्यकाल सकेर महाधिवेशनको तिथीमिति तोकिसकेपछि गरेको छ, यो विधिसम्मत भएन भन्दा मेरो बहुमत छ, म गर्छु भनेको छ, आफ्नै संसारमा रमाइराख्नुभएको छ, काँग्रेसले विधि अनुसार चल्नु नपर्ने, समय सकिसक्यो मै हुँ भनेर बस्ने, यो पार्टी बेथितीमा चलिरहेको छ, व्यक्तिको पछि नलाग्नुस् काँग्रेस विचारको, सिद्धान्त र आदर्शको पार्टी हो ।’

नेता सिंहले सभापति देउवाले आफ्नो कार्यकाल सकिसक्दा समेत मै हुँ भनेर मनलाग्दीपन देखाएको आरोप लगाउँदै पार्टीका नेता तथा कार्यकर्ताहरुलाई व्यक्तिको नभइ सिद्धान्तको पछि लाग्न अनुरोध गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top