देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्छ: राष्ट्रपति भण्डारी

१८ कात्तिक ७८, शुक्रबार

१८ कात्तिक, काठमाडाैँ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्ने बताएकी छन् ।

राष्ट्रपति भवन शीतल निवासमा लक्ष्मी पूजाको अवसरमा अयोजित देउसी, भैलो कार्यक्रमपछि बोल्दै राष्ट्रपति भण्डारीले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्ने बताएकी हुन् । उनले बम र बारुद भन्दा ठूलो चाडबाड र सांस्कृतिक पर्व भएको बताउँदै यसले मनोबल उच्च बनाउन प्रेरित गर्ने बताइन् । राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा सांस्कृतिक कार्यक्रम आयोजना हुनु राष्ट्रकै गौरवको कुरा भएको बताइन् ।

Advertisement

राष्ट्रपति भण्डारीले भनिन्, ‘राष्ट्रपति भवनमै पहिलो पटक उहाँहरुको प्रश्तुती हेर्न पायौँ, धेरै खुशी लागेको छ, शुभ दिपावलीको पावन अवसरमा सुस्वास्थ्य, प्रगतिको शुभकामना दिन चाहन्छु,मेरो राष्ट्रपतिको कार्यकालमा तिहारका सन्दर्भमा गरेको पहिलो कार्यक्रम हो, हाम्रो मौलिक कला, संस्कृतिलाई प्रत्यक्ष, जीवन्त रुपमा अघि बढाउँदै सरकारसँगको प्रत्यक्ष अभिभावकत्वमा बढाउँदै आएको, सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघर हो यो नै आधिकारिक संस्था होला भन्ने मलाई लागेर मैले निमन्त्रणा गरेको हुँ, लामो समय भयो कोरोना महामारीको कारणले गर्दा एकप्रकारको भेटघाट शुन्यता जस्तो अवस्थामा छ, यसलाई अब जनजीवन सहजतामा फर्काउनु पर्छ भन्ने मान्यतालाई पनि मनमा राखेर सामाजिक दूरी कायम राख्दै स्वास्थ्यका सबै प्रोटोकल पालना गरी सानो संख्यामा आधिकारिक संस्थाको प्रश्तुतीकरण राष्ट्रपति भवनमा गर्नु एकदमै गौरवको कुरा होला भन्ने मलाई लागेको छ, राष्ट्रकविबाट मिलेको सिर्जना र अरु पनि थुप्रै राष्ट्रिय व्यक्तित्वको सिर्जनामा आधारित एक दिन फेरि निकै लामो कार्यक्रम गर्नुपर्छ की जस्तो लागेको छ, सांस्कृतिक पक्षले मनोबल उच्च बनाउँछ, शक्ति प्रदान गर्छ, बम बारुद भन्दा पनि यो शक्तिशाली हुन्छ,जनताको सुख नै देशको सुख हो । हाम्रो देशको गरिबी, बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्नेछ । देशलाई समृद्ध नेपाल सुखी नेपाली बनाउनु पर्नेछ, अबको कलाकारिता कृषि, हरियाली प्रवद्र्धन गर्ने क्षेत्रमा गीत संगीतहरु रचेर आगामी दिनमा सुनाउनुहोला, किसानको गीतहरु पनि सुनाइदिनुहोला ।’

राष्ट्रपति भण्डारीले कलाकारहरुले आगामी दिनमा कृषि क्षेत्रका गीतहरु रचेर हरियालीको प्रवद्र्धन गर्नुपर्ने बताइन् । उनले आगामी दिनमा लामो सांस्कृतिक कार्यक्रम राष्ट्रपति भवनमा आयोजना गर्ने पनि बताइन् । शीतल निवासमा आयोजित कार्यक्रममा नेपाल बाल संगठन, नेपाल बाल मन्दिरका बालबालिकाहरु र सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरले देउसी भैलो खेलेको हो । कोरोना महामारीको जोखिम कायमै रहेकोले स्वास्थ्यका मापदण्डलाई पूर्ण पालना गरेर देउसी भैलो खेलिएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top