विराटनगर,साउन २१
प्रदेश एकका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोले प्रदेशको समृद्धिका निम्ति सरकारले अर्जुन दृष्टिका साथ काम गरिरहेको बताएका छन । विराटनगर पोखरियास्थित बिष्णुमाया पुस्तकालयको ५० औं साधारणसभा एवम स्वर्ण जयन्ति समारोहलाई आईतबार सम्बोधन गदै उनले यस्तो बताएका हुन ।
उनले दुई तिहाई सहित गठन भएको केन्द्रीय र प्रदेश सरकार राजनितिक उपलब्धिलाई संस्थागत गर्दै जनताको आर्थिक समृद्धिको चाहना पूरागर्न लागि परेको बताए । उनले पूर्वको कम्युनिष्ट आन्दोलनमा बिष्णुमाया पुस्तकालयको अग्रणी योगदान रहेको चर्चा समेत गरे । मन्त्री आङबोले पुस्तकालयको भौतिक विकासगर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले पुस्तकालय प्राङणको सतह निर्माण गर्न महानगरपालिकाले १० लाख रुपैया बजेट उपलब्ध गराउने घोषणा गरेका छन । यसअघि भएको कार्यक्रममा पुस्तकालयको स्वर्ण जयन्तिको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो ।