इस्लामिक विद्रोहीको आक्रमणमा ६९ जनाको मृत्युपछि निजेरमा दुई दिनको राष्ट्रिय शोक

१९ कात्तिक ७८, शुक्रबार
Share this
697shares

१९ कार्तिक, एजेन्सी ।

Advertisement

अफ्रिकी देश नीजेरमा सन्दिग्ध इस्लामिक विद्रोहिको एक हमलामा करीब ६९ मानिको मृत्यु भएपछि शुक्रबार दुई दिनका लागि राष्ट्रिय शोकको घोषणा गरिएको छ।

मंगलबार देशको दक्षिण पश्चिमी क्षेत्रमा मालीको नजिक सीमा भएको थियो।

Advertisement

सरकारका अनुसार यस हमलामा स्थानीय मेयर र आत्मरक्षाका लागि बनेको मिलिशिया गुटका नेताको ज्यान गएको थयो। हमलामा बचेका मानिसको खोजी भइरहेको छ।

अहिलेसम्म कसैलेपनि यस हमलाको जिम्मेवारी दिएको छैन। हमलापछि आक्रमणकारीहरु सीमा पार गरेर माली र उनीहरुले आफ्नो पक्षको शव लिएर गएको बीबीसीले जनाएको छ।

Advertisement

नीजेरको ‍गृह मन्त्रालयले मेयर बैनाबिंगुको नेतृत्वमा गइरहेको एक प्रतिनिधिमण्डलमाथि पश्चिमी तिल्लाबेरी क्षेत्रबाट ५५ किलोमिटर टाँढा एक गाउँमा आक्रमण भएको थियो।

यो क्षेत्र इस्लामिक स्टेट समूहको एक स्थानीय सहयोगी समूहसँग जोडिएको चरमपन्थीको नियन्त्रणमा रहेको छ।

नीजेरलाई माली, बुर्किनाफासो र नाइजीरियासँगै सीमामा विद्रोहीको सामना गर्न परेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top