फूलखेतीबाट मनग्य आम्दानी

१८ कात्तिक ७८, शुक्रबार

१९ कार्तिक, तनहुँ ।

तनहुँका कृषकले फूलखेतीबाट मनग्य आम्दानी गर्न थालेका छन्। सयपत्रीको फूल विक्रीबाट आम्दानी हुन थालेपछि कृषक यसतर्फ आकर्षित भएका हुन्।

भिमाद नगरपालिका–८ धारापानीका गोविन्द अधिकारीले वर्षौदेखि बाँझो रहेको जग्गामा सयपत्री फूलखेती सुरु गरेका छन्।

मुस्किलले एक मुरी कोदो नफल्ने बारीमा गत वर्ष रु ६० हजारको फूल फूलेपछि उनी उत्साहित भएका थिए। यो वर्ष उहाँले साढे चार रोपनी बारीमा व्यावसायिक रुपमा सयपत्री फूल लगाएका छन्।

चितवनबाट कलकत्ते सयपत्रीको दश हजार बिरुवा ल्याएर उनले बाँझो बारीमा सयपत्री रोपेका छन्।। भदौ दोस्रो साता लगाएको सयपत्रीको फूल यतिबेला ढकमक्क छ। कोदो समेत फूल्न छाडेको बारीको गह्रामा ढकमक्क फूल फुल्दा मनमोहक देखिएको छ।

एउटै बोटमा ८० वटासम्म सयपत्रीको थङ्गा फुलेको छ। तिहारमा मात्रै सयपत्री बेचेर रु दुई लाख बढी आम्दानी हुने उनले बताए।

सयपत्री फूलको बजार राम्रो रहेकाले यसबाट सन्तुष्ट रहेको उनले सुनाए। “फूल देखेपछि हामी लैजान्छौ भनेर व्यापारीको फोन आउँछ,” उनले भने, “वर्षेनी तिहारका लागि भारतबाट करोडौँको फूल नेपाल आउँछ भनेपछि बजार पाउन दुःख छैन ।”

माग धेरै आएपछि आफूले लगाएको फूलले मात्र नपुग्ने भएकाले चितवनबाट ल्याएर विक्री गर्ने गरेको उनले बताए। गत वर्ष पनि लगाएको सयपत्री फूल सबै घरबाटै विक्री भएको उनी बताउँछन्।

एसएलसी सकाएपछि उनी वैदेशिक रोजगारीका लागि साउदी पुगका थिए। दश वर्ष विदेशमा बसेपछि नेपाल फर्किएर केही गर्ने सोचका साथ उनले यातायात सेवा सुरु गरे। त्यसबाट खासै आम्दानी हुन नसकेपछि उनले फेन्सी पसल सञ्चालन गरे।

केही समयको फेन्सी व्यवसायपछि उनले किराना पसल चलाए। हाल किराना सँगसँगै फूलखेती निरन्तर छ। सयपत्रीमा सम्भावना देखेका उनी अब फूल खेतीलाई निरन्तरता दिने पक्षमा छन् । यसपाली व्यावसायिक तरिकाले लागेका उनी अर्को वर्ष फूल खेतीलाई अझै विस्तार गर्ने सोच रहेको बताउँछन्।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top