साउदीमा एक हप्तामा १५ हजारबढी आप्रबासी कामदार पक्राउ

२० कात्तिक ७८, आइतबार

२१ कातिैक, दोहा ।

नेपाली कामदारको श्रम गन्तब्य साउदी अरबले एक हप्तामा १५ हजार ३ सय ९९ जना अबैध आप्रबासी कामदारहरूलाई प्रकाउ गरेको छ ।

त्यहाँको गृह मन्त्रालयका अनुसार एक हप्ताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १५ हजार ३ सय ९९ जनालाई पक्राउ गरेको जनाएको छ ।

अक्टोबर २८ देखि नोभेम्बर ३ गतेसम्म राज्यभर सुरक्षा बलका विभिन्न इकाइले गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको मन्त्रालयले जनाएको छ ।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ७ हजार २ सय ९२, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ६ हजार ३ सय ७३ र श्रम कानून उल्लंघन गर्ने १ हजार ७ सय ३४ रहेका छन् ।

यी मध्ये १७ जना अबैध आप्रबासी कामदारलाई सहयोग र संरक्षण गर्नेहरू पनि रहेको मन्त्रालयलाई उद्रित गर्दै साउदी गजेटले जनाएको छ। यी सबैलाई सजाय तथा कानुनी प्रकृया पुर्याएर देश निकाला गरिने जनाएको छ ।

कुल ८८ हजार २९ उल्लङ्घनकर्ताहरू अहिले नियम उल्लङ्घन गर्ने प्रक्रियाको अधिनमा छन्, जसमध्ये ७८ हजार ६८७ पुरुष र ९ हजार ३४२ महिला रहेको जनाएको छ ।

तीमध्ये ७२ हजार ७८८ उल्लङ्घनकारीहरूलाई यात्रा कागजातहरू प्राप्त गर्न तिनीहरूको कूटनीतिक नियोगहरूमा पठाइएको थियो । ३ हजार ७४६ उल्लङ्घनकारीहरूलाई उनीहरूको यात्रा आरक्षण पूरा गरी स्वदेश पठाईसकेको छ भने १० हजार १७ जनालाई पुनः साउदी प्रवेश गर्न नसक्ने गरि देश निकाला गरिएको जनाएको छ ।

घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने,कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रबासीलाई लक्षित गरी धड्पकड अभियान तीब्र पारेसँगै सयौ नेपालीहरू पनि पक्राउ परेको बुझिएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top