कुन-कुन देशमा छ इच्छा मृत्युको व्यवस्था ?

२० कात्तिक ७८, आइतबार

२१ कार्तिक, एजेन्सी ।

न्युजिल्यान्डमा आईतबारदेखि इच्छा मृत्युसम्बन्धी कानुन कार्यान्वयनमा आएको छ ।

न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले निश्चित मापदण्ड बनाएर आईतबारदेखि इच्छा मृत्युको सेवालाई वैधानिकता दिएसँगै यो कानुन कार्यान्वयनमा आएको हो ।

गत अक्टोबरमा भएको जनमत संग्रहमा ६५.१ प्रतिशतले इच्छा मृत्युको पक्षमा मतदान गरेका थिए । कानुन कार्यान्वयनमा आएसँगै निको नहुने रोग लागेका विरामीहरूलाई विशेष राहत मिल्ने सरकारी अधिकारीहरुले बताएका छन् ।

कुनै व्यक्तिलाई निको नहुने रोग लागेको छ र ६ महिनाभन्दा बढी बाँच्न नसक्ने भनि कम्तिमा दुई जना चिकित्सकले सिफारिस गरेमा उसले इच्छा मृत्यु रोज्न पाउने छ । तर, इच्छा मृत्यु वरण गर्न १८ वर्ष पुगेको हुनु पर्नेछ ।

कुन कुन देशमा छ इच्छा मृत्युको व्यवस्था ?

केही युरोपेली मुलुकहरुमा इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको छ । नेदरल्यान्ड, स्विट्जरल्यान्ड, स्पेन, बेल्जियम, लग्जेम्बर्गमा इच्छा मृत्यु वरण गर्न पाउने कानुन छ । स्पेनमा यसै वर्षको मार्चदेखि इच्छा मृत्युको व्यवस्था लागु भएको हो ।

त्यस्तै, क्यानडा र कोलम्वियामा पनि बिरामीले चाहेमा निश्चित शर्त पालना गरेर इच्छा मृत्यु वरण गर्न सक्छन् ।

इच्छा मृत्युका लागि देशअनुसार फरक फरक मापदण्ड छन् । अस्ट्रेलियाका क्विन्सल्यान्ड, भिक्टोरिया, साउद अस्ट्रेलिया र वेस्र्टन अस्ट्रेलियामा पनि इच्छा मृत्युको व्यवस्था छ ।

इच्छा मृत्युलाई कानुनी मान्यता दिने अन्तिम मुलुक भने पोर्चुगल हो । इच्छा मृत्युलाई कानुनी मान्यता दिने विषयमा शुक्रबार पोर्चुगलमा मतदान भएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top