×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘मौलिक कला संस्कृतिको संरक्षणमा लाग्नुपर्छ’

२१ कार्तिक २०७८

२१ कार्तिक, पोखरा ।

स्थानीय फेवा टेलिभिजनद्वारा सञ्चालित फेवा चौतारी सांस्कृतिक टिमले आइतबार आयोजना गरेको देउँसीभैलो कार्यक्रममा गण्डकी प्रदेशका तीन मन्त्री छम्छम्ती नाचे ।

Advertisement
Advertisement

अर्थमन्त्री रामजी बरालको निवासमा आयोजित कार्यक्रममा उनीसँगै भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढा र वन, वातावरण तथा भूसंरक्षणमन्त्री दीपक थापाले एउटै मञ्चमा देउसी भैलो कार्यक्रममा नृत्य गरेका हुन् ।

नेपालको मौलिक कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले आयोजना भएको उक्त कार्यक्रममा उहाँहरूले नेपालको मौलिक कला संस्कृतिको संरक्षणमा दिगो रूपमा लाग्न सुझाव दिएका छन् ।

पछिल्लो समयमा पश्चिमा संस्कृतिले नेपालमा प्रश्रय पाइरहेको अवस्थामा नेपाली लोक भाकासहितको कला संस्कृतिलाई संरक्षण गर्न आवश्यक भएको अर्थमन्त्री बरालले बताए ।

Advertisement

यसैबीच अर्थमन्त्री निवासमा राष्ट्रिय जनमोर्चाको रक्तिम सांस्कृतिक टोलीले समेत देउसीभैलो कार्यक्रम आयोजना गरेका थियो । प्रदेशसभा सदस्य पियारी थापा, पार्टीका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालसहितको टोली देउसीभैलोमा सहभागी थिए ।

भर्खरको समाचार

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top