नेपालमा एक करोड ६१ लाख ७१ हजार डोज कोरोना खोप वितरण

२१ कार्तिक, काठमाडौं ।

Advertisement

नेपालमा हालसम्म एक करोड ६१ लाख ७१ हजार ३२९ डोज कोरोना खोप वितरण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यसमध्ये पहिलो डोज प्राप्त गर्ने नागरिकको संख्या ८७ लाख ३६ हजार ५३२ छ ।

Advertisement

यस्तै, दोस्रो डोज खोप लगाउनेको संख्या ७४ लाख ३४ हजार ७९७ छ । पछिल्लो २४ घण्टामा एक हजार ९८५ जनाले खोप प्राप्त गरेका छन् ।

नेपालमा कोभिसिल्ड, भेरोसेल, जोन्सन्स एन्ड जोन्सन्स, जापानी एस्ट्राजेनेका र स्विडिस एस्ट्राजेनेकाको खोप वितरण भइरहेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top