तीन महिनामा एक करोड २८ लाख राजस्व संकलन

२२ कार्तिक, काठमाडौं ।

Advertisement

जिल्ला प्रशासन कार्यालय तनहुँले तीन महिनाको अवधिमा १ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

कार्यालयले चालु आर्थिक वर्ष ०७८÷७९ को साउनदेखि असोज मसान्तसम्म १ करोड २८ लाख ३१ हजार छ सय ३५ राजश्व सङ्कलन गरेको हो।

Advertisement

राहदानी शुल्क, संस्था दर्ता, नवीकरण, हातहतियार नवीकरण, न्यायिक दण्ड लगायतबाट कार्यालयले उक्त राजस्व संकलन गरेको जनाएको छ। कार्यालयले सबैभन्दा बढी राहदानी शुल्कबाट राजस्व संकलन गरेको छ।

राहदानी शुल्कबाट मात्रै १ करोड २२ लाख १५ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ। संस्था दर्ता÷नवीकरणबाट तीन लाख ४३ हजार तीन सय ९५, हातहतियारको इजाजतपत्र दस्तुरबाट ३५ हजार दुई सय र न्यायिक दण्ड, जरीवानाबाट दुई लाख ३८ हजार ४० राजस्व संकलन भएको छ।

Advertisement

कार्यालयले उक्त अवधिमा दुई हजार ९ सय ४० नागरिकता वितरण गरेको छ। वंशजका आधारमा दुई हजार ९ सय ३५ र वैवाहिक अङ्गिकृतका आधारमा पाँच नागरिकता वितरण गरिएको छ। सोही अवधिमा एक हजार ६ सय ६६ नागरिकताको प्रतिलिपि वितरण गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top