गुडिरहेको भ्यानमा आगलागी

२१ कात्तिक ७८, सोमबार

२२ कार्तिक, काठमाडौं ।

Advertisement

काठमाडौंको बिजुलीबजारमा गुडिरहेको भ्यानमा आगो लागेको छ। सामेबार बिहान कालिमाटी तरकारी लिन हिँडेको बा १ ज ९१९५ नम्बरको भ्यानमा एक्कासी आगो लागेको प्रहरीले जनाएको छ।

स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो। आगो चाँडै नियन्त्रणमा लिएकाले कम क्षति भएको प्रहरीको भनाइ छ।

Advertisement

पेट्रोल लिक भएर वा तार सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। यसबारे थप अनुसन्धान हुने जनाइएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top