अमेरिकाले हटायो यात्रामा लगाएको प्रतिबन्ध

२१ कात्तिक ७८, सोमबार

२२ कार्तिक, एजेन्सी ।

Advertisement

अमेरिकाले करिब २० महिनापछि विदेशी यात्रुलाई प्रवेश खुला गरेको छ। पूर्ण खोप लगाएका विदेशी यात्रुलाई सोमबारदेखि आफ्नो सीमा खुला गरेको अमेरिकी प्रशासनले जनाएको छ।

कोरोनाभाइरस संक्रमण बढेपछि सन् २०२० को मार्चमा अमेरिकाले विभिन्न ३० देशका नागरिकलाई प्रवेशमा रोक लगाएको थियो। सोही वर्षको जनवरीमा चिनियाँ यात्रुलाई अमेरिका भ्रमणमा रोक लगाइएको थियो।

Advertisement

यात्रा प्रतिबन्धका कारण कतिपय विदेशी नागरिकहरुले अमेरिकामा रहेका आफ्ना परिवारका सदस्यसँग भेट गर्नसमेत पाएका थिएनन्।

नयाँ यात्रा प्राधानअनुसार अब अमेरिका यात्रा गर्ने हरेक व्यक्तिले उड्नुअघि पूर्ण खोप लगाएको प्रमाण र पछिल्लो ७२ घन्टाभित्र कोभिड नेगेटिभ देखिएको परीक्षण देखाउनुपर्ने जनाइएको छ।

Advertisement

अमेरिकाले विभिन्न सात प्रकारका खोपलाई मान्यता दिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top