×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अझै बनेन रोल्पा अस्पताल भवन

२२ कार्तिक २०७८

२२ कार्तिक, रोल्पा ।

जिल्ला अस्पताल भवन समयमै निर्माण सम्पन्न नहुँदा सेवाग्राही समस्यामा परेका छन् । आर्थिक वर्ष ०७६÷०७७ को असार मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सो भवन सम्झौता सकिएको १५ महिना पूरा भइसकेको छ ।

Advertisement
Advertisement

निर्माण व्यवसायीको चरम लापर्बाहीले भवन समयमा नबनेको सरोकारवालाको आरोप छ । अस्पताल विकास समितिका अध्यक्ष फविन्द्र आचार्यले सम्झौता अवधि सकिएको लामो समय वितिसक्दासमेत समेत भवन कहिले सम्पन्न हुन्छ भन्ने अन्यौल रहेको बताए ।

उनले भने, ‘स्तरवृद्धि भई अस्पतालले ५० शय्या स्वीकृत पाएको छ । आवश्यक मेसिनरी सामान, चिकित्सक, स्वास्थ्यकर्मी र अन्य जनशक्तिको समेत स्वीकृति भइसके छ । भवन अभावमा उनीहरु आएका छैनन । समयमै भवन नबन्दा सेवा प्रवाह र बिरामी समस्यामा परेका छन् ।’

जिल्लामै पहिलो पटक चिकित्सा विशेषज्ञ सेवाका लागि ‘एमडी’को तहको दरबन्दी स्वीकृत भई तिहारलगत्तै हाजिरी हुने भनिए पनि भवन अभावले चिकित्सक आउन पछि थकेलिएको जनाइएको छ ।

संविधानले दिएको मौलिक हकसमेत उपभोग नपाएको महिला अधिकारकर्मी तीर्था आचार्यको भनाइ छ । ‘सामान्य स्वास्थ्योपार गर्नसमेत जिल्ला बहिर जानुपर्दा पैसा र समयको नोक्सानी बेहोर्नुपरेको छ’, उनले भने ।

‘भवन निर्माण समयमै भए जिल्लाबाटै विशेषज्ञ सेवाले जिल्लावासी लाभान्वित हुने थिए’, उनले भने । निर्माण व्यवसायीले दलीय आवद्ध भएर बस्ने भएकाले यस्ता लापर्बाही बढ्ने गरेका जिल्लावासीको गुनासो छ ।

अस्पताल भवन रु ३३ करोडको लागतमा निर्माण गर्न थालिएको अस्पतालका सूचना अधिकृत कुलबहादुर डाँगीले जानकारी दिए । निर्माण व्यवसायी खगेन्द्र बुढामगरले निर्माणको काम गर्दै आएको उनको भनाइ छ ।

Advertisement

निर्माण व्यवसायी बुढामगरसँग सम्पर्क गर्न प्रयास गर्दा फोन सम्पर्क हुन सकेन । दुई÷चार कामदारबाहेक साइटमा थप मजदूर परिचालन गरेका छैनन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top