सडकभरि ई–रिक्सा, न यात्रु भेटिन्छन् न पार्किङ भेटिन्छ

२१ कात्तिक ७८, सोमबार

२२ कात्तिक, जनकपुरधाम।
प्रदेश २ को राजधानी जनकपुरधाममा ई रिक्साको अत्याधिक चापका कारण पार्किङको समस्या बढ्दै गएको छ । जनकपुरधाम उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापन गर्न ध्यान नदिँदा नगर क्षेत्र नै अस्तव्यस्त बनेको हो ।

Advertisement

नगरमा दर्ता नगरीएका रिक्सा पनि सञ्चालन भइरहेको स्थानीयहरु बताउँछन् । नगरमा अत्याधिक ई रिक्सा गुड्ने गरेको कारण कतिपय ठाउँमा घण्टौंसम्म जाम लाग्ने गरेको छ । विशेष गरेर रामाचन्द्र चोक र बस पार्क क्षेत्रमा सर्वसधारणहरुलाई निकै समस्या हुने गरेको छ । नगर क्षेत्रमा गुड्ने गरेको ई–रिक्साको कुनै भाडा समेत तोकिएको छैन । जसकारण मनपरी भाडा लिने गरेको स्थानीयहरुको गुनासो छ । जनकपुरधाम उपमहानगरपालिकामा दर्ता भए पनि रिक्साका लागि रुट परमिट भने यातायात व्यवस्था कार्यालयले दिने गरेको छ । तर रुट परमिटको आधारमा कुनै पनि ई–रिक्सा सञ्चालनमा नआएको स्थानीयहरुको गुनासो छ ।

जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर रिताकुमारी मिश्रले आफूहरु ई रिक्सा पार्किङको व्यवस्थापनलगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेकै कारण समस्या पैदा भएको बताइन् । उनले छठ पर्वपछि पार्किङ र भाडालगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउने बताइन् ।

Advertisement

उपमेयर मिश्रले भनिन् ‘हामी ट्राफिक त व्यवस्थापन गरिरहेका छौँ, तर हामी पार्किङको व्यवस्थापन लगायतका कार्य गर्न लाग्दा कुनै न कुनै पर्व आउने गरेको छ, जसकारण काम समयमै हुन सकेको छैन, अब चाँडै नै पार्किङ र भाडा लगायतको व्यवस्थापनको लागि सर्वपक्षीय छलफल गरेर अगाडि बढाउनेछौँ, अब बस्नै बैठकमा पार्किङका लागि जग्गा छुट्याउने भनिएको छ, हामी चाँडै कहाँ पार्किङका लागि स्थल बनाउने भन्ने मै लागि परेका छौँ ।’

उपमेयर मिश्रले ट्राफिक व्यवस्थापन, पार्किङ, वन वेलगायतका विषयहरूको चाँडै टुङ्गो लगाउने बताइन् । पछिल्लो समय बिना कुनै मापदण्ड नगरक्षेत्रमा थपिँदै गएका ई रिक्साहरूका कारण जनकपुरको आवागमनसमेत असहज बन्दै गएको छ । चालकहरुले अत्याधिक गतिमा रिक्सा चलाउने र जुनसुकै ठाउँमा पनि रोकिदिने गर्दा नगरक्षेत्रमा अस्तव्यस्तता बढेको देख्न सकिन्छ । अहिलेसम्म यसको व्यवस्थापनको विषयमा सरोकारवाला निकाय नै मौन रहेको स्थानीयहरु बताउँछन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top