सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ

२१ कात्तिक ७८, सोमबार

२२ कात्तिक, काठमाडौँ ।

Advertisement

सर्वोच्च अदालतमा आज प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासहितको पूर्ण इजलासबाहेक अन्य सबै इजलासमा मुद्दाको सुनुवाइ भएको छ ।

प्रधानन्यायाधीश जबराले आफूसहितका ६ वटा इजलासमा ७ वटा बन्दी प्रत्यक्षीकरणका मुद्दाको पेशी तोक्नुभएको थियो । ती मध्ये ५ वटा मुद्दाको सुनुवाइ भएको हो ।

Advertisement

आजका लागि तोकिएको ६ मध्ये प्रधानन्यायाधीश जबरा र न्यायाधीश डा. कुमार चुँडाल रहेको एउटा मात्र इजलास बसेन । सो इजलास नबसेपछि २ वटा बन्दी प्रत्यक्षीकरणका मुद्दामा भने सुनुवाइ भएन ।

प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै अघोषित रुपमा निरन्तर इजलास बहिस्कार गर्दै आएका न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराले इजलास छाडे बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै सुनुवाइ गर्ने अडान राख्दै आएका छन् ।

Advertisement

प्रधानन्यायाधीश जबराले सत्तामा भाग खोजेर न्यायिक विचलन निम्त्याएको भन्दै न्यायाधीशहरू र नेपाल बार एशोसिएसन आन्दोलनमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top