×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

भूमि आयोगमा थपिए चार सदस्य

२३ कार्तिक २०७८

२३ कात्तिक, काठमाडौं।

राष्ट्रिय भूमि आयोगमा चार सदस्य थपिएका छन् । थपिएका सदस्यहरूमा नेकपा एकीकृत समाजवादीको सिफारिसमा दाताराम खनाल, जनता समाजवादी पार्टीको सिफारिसमा राघव राय यादव, कांग्रेसको सिफारिसमा टेकबहादुर साह र नेकपा (माओवादी केन्द्र) को सिफारिसमा बासुदेव हुमागाईं रहेका छन् ।

Advertisement
Advertisement

उनीहरूलाई अध्यक्ष केशव निरौलाले सोमबार पद तथा गोपनीयताको शपथ खुवाएका छन् । विज्ञ सदस्यका रूपमा थपिएका सदस्यहरूमा कृषि विज्ञ भनेर थपिएका खनाल अखिल नेपाल किसान संघका सचिव हुन् । कानुन विज्ञको कोटामा सिफारिस यादव कानुनका विद्यार्थी हुन् भने नापी विज्ञका रूपमा सिफारिस भएका साह नापी विभागका पूर्व कर्मचारी हुन् । यस्तै, भूमि व्यवस्था विज्ञ भनी सिफारिस भएका हुमागाईं मालपोतका पूर्व कर्मचारी हुन् । आयोगमा अब दुई सदस्यको मात्र कोटा खाली छ ।

शपथ खुवाएपछि अध्यक्ष निरौलाले आयोगले करिब पूर्णता पाएको भन्दै अब तीव्र गतिमा काम अघि बढाउने बताए । ‘अहिलेसम्म आन्तरिक तयारी र समीक्षा गरेका छौं । अब लगभग आयोगले पूर्णता पाएको छ’, अध्यक्ष निरौलाले भने, ‘केही दिनभित्रै कार्ययोजना प्रस्तुत गर्छौं । एक–दुई हप्ताभित्रै कार्यविधि तयार पारेर मंसिरभित्रै कामका लागि बाहिर निस्कन्छौं ।’

उनले आयोगको प्राथमिकतामा भूमिहीन दलित र सुकुम्वासी रहने भन्दै उनीहरूका समस्या समाधान गरेरमात्र अन्य विषयतिर ध्यान दिने बताएका छन् ।

Advertisement

अघिल्लो सरकारले गठन गरेको भूमि समस्या समाधान आयोग विघटन गरेपछि सरकाले निरौलाको अध्यक्षतामा भूमि आयोग गठन गरेको थियो ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top