अन्तिम खेलमा नामिबियामाथि भारतको सानदार जित

२३ कात्तिक, एजेन्सी ।

आइसिसी टि२० विश्वकप २०२१ मा भारतले अन्तिम खेलमा नामिबियामाथि सानदार जित निकालेकाे छ । सुपर १२ को समूह २ मा रहेको भारतले नामिबियालाई ९ विकेटले हराउँदै तेस्रो स्थानमा रहँदै विश्वकप २०२१ बाट बाहिरिएको छ ।

दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा जितको लागि १ सय ३३ रनको विजयी लक्ष्य पछ्याएको भारतले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । भारतका ओपनर लोकेश राहुल ३६ बलमा ४ चौका र २ छक्का सहित ५४ रनमा अविजित रहे । सूर्यकुमार यादव १९ बलमा ४ चौका सहित २५ रनमा अविजित रहे । ओपनर रोहित शर्मा ३७ बलमा ७ चौका र २ छक्का सहित ५६ रनमा क्याच आउट भए ।

भारतलाई ओपनर रोहित शर्मा र लोकेश राहुलले पहिलो विकेटका लागि ९.५ ओभरमा ८६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । नामिबियाका जेन फ्रिलिंकले जेन ग्रीनबाट रोहितलाई क्याच गराउँदै साझेदारी तोडेका थिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । नामिबियाका डेविड विसेले २५ बलमा २ चौका सहित सर्वाधिक २६ रन बनए । विसे २०१६ मा दक्षिण अफ्रिकाबाट टि२० विश्वकप खेलेका क्रिकेटर हुन् ।

ओपनर स्टेफन बार्डले २१ बलमा १ चौका र १ छक्का सहित २१ रन बनाए । नामिबियालाई ओपनर माइकल भ्यान लिङ्गेन र स्टेफन बार्डले पहिलो विकेटका लागि ४.४ ओभरमा ३३ रनको साझेदारी गर्दै मध्यम सुरुवात दिलाएका थिए । तीव्र गतिका बलर जस्प्रित बुमराहले लिङ्गेनलाई १४ रनमा मोहम्मद शामीबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । त्यसपछि भने नामिबियाले लगातार विकेट गुमाउन पुग्यो ।

के्रग विलियम्सलाई छैटौं ओभरको तेस्रो बलमा रविन्द्र जडेजाले शून्यमा स्टम्पिङ आउट गराए । जडेजालेनै आठौं ओभरको चौथो बलमा बार्डलाई एलबीडब्लू आउट गराएका थिए । जेन निकोल लोफ्टी इटनलाई रविचन्द्रन आश्विनले क्याच गराउँदा नामिबिया ९.१ ओभरमा ४७–४ को अवस्थामा पुगेको थियो । १४ रन जोड्न ४ विकेट गुमाएपछि नामिबिया खेलमा समस्यामा परेको थियो ।

कप्तान गेरहार्ड इरास्मस २० बलमा १ चौका सहित १२ रनमा आउट भए । जेजे स्मित ९ र जेन ग्रीन शून्यमा आउट भएका थिए । जेन फ्रिलिंक १५ बलमा १५ रनमा अविजित रहे । रुबेन ट्रम्पलम्यान ६ बलमा १ चौका र १ छक्का सहित १३ रनमा अविजित रहे । भारतका स्पिनर रविन्द्र जडेजाले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन आश्विनले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिए ।

भारत ५ खेलमा ३ मा जित र २ मा हार सहित ६ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । भारतले अव अर्को सातदेखि घरेलु मैदानमा न्युजिल्यान्डसँग तीन टि२० आई सिरिज र दुई टेस्ट सिरिज खेल्नेछ । पहिलो टि२० खेल १७ नोभेम्बरमा हुनेछ ।

नामिबिया ५ खेलमा १ मा जित र ४ मा हार सहित २ अंकका साथ पाँचौं स्थानमा रहेर बाहिरियो ।  पाकिस्तान सुपर १२ को समूह २ मा ५ खेलमा अपराजित रहँदै १० अंकका साथ शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । अपराजित रहँदै सेमिफाइनल खेल्ने पाकिस्तान यस विश्वकपमा एक्लो टोली हो । न्युजिल्यान्डले ५ खेलमा ४ मा जित र १ मा हार सहित सहित ८ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

सुपर १२ को समूह १ मा इंग्ल्यान्ड ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटका आधारमा शीर्ष स्थानमा रहेको थियो । अष्ट्रेलिया ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका साथ नेटरनरेटको आधारमा दोस्रो स्थानमा रहँदै सेमिफाइनल खेलेको हो ।

पहिलो सेमिफाइनलमा बुधबार इंग्ल्यान्ड र न्युजिल्यान्डबीच शेख जायद स्टेडियम आबूधाबीमा हुनेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलियाबीच दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार दुबईमा हुनेछ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top