जबरासँगको संयुक्त इजलास बहिष्कार

२२ कात्तिक ७८, मंगलबार

सर्वोच्च अदालतका न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको संयुक्त इजलाससमेत बहिष्कार गरेका छन्। बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा नहेर्ने र जबरासँगै इजलासमा नबस्ने अडान न्यायाधीशहरूले दोहोर्‍याएका छन्। प्रधानन्यायाधीश र न्यायाधीशहरूको आआफ्नै अडानका कारण न्यायपालिकाको विवाद लम्बिँदै गएको छ। जबराले तत्काल राजीनामा नदिने संकेत गरेपछि विवाद लम्बिएको हो। प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै आएका न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दाको सुुनुवाइमा बसेका छैनन्।

वर्तमान गठनबन्धन सरकारमा न्यायपालिकाका तर्फबाट मन्त्री पद माग्दै भागबन्डा खोज्ने प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको न्यायाधीशहरूको अडान छ। प्रधानन्यायाधीश र न्यायाधीशहरूको आआफ्नै अडानका कारण तिहारअघिदेखि नै सर्वोच्चमा सुनुवाइ प्रभावित भइरहेको छ। तिहार बिदा सकिएलगत्तै अदालत खुलेको पहिलो दिन सोमबार प्रधानन्यायाधीश जबराले आफूसहितको इजलास तोेकेका थिए।

उनले बन्दी प्रत्यक्षीकरणसँग सम्बन्धित रिट निवेदनमा मात्रै इजलास तोकेका थिए। उनले आफू र न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकेका थिए। तर चुडालले इन्कार गरेपछि इजलास बस्न सकेन। न्यायाधीश चुडालले आफ्नो एकल इजलासमा भने मुद्दा हेरे। सोमबारका लागि जम्मा ५ वटा इजलास तोकिएका थिए। प्रधानन्यायाधीशबाहेकका चारवटा इजलासले बन्दी प्रत्यक्षीकरणका ५ वटा रिटमा सुनुवाइ गरेका थिए।

सोमबार पनि न्यायाधीशहरूको बैठक बसेको थियो। बैठकमा प्रधानन्यायाधीशसँग एउटै इजलासमा नबस्ने अडान दोहोर्‍याइएको थियो।, यो समाचार नागरिक दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top