चक्रपथ विस्तार अनिश्चित

२२ कात्तिक ७८, मंगलबार

चीनले चक्रपथको कोटेश्वर–कलंकी सडक अनुदानमा विस्तार गरिदिएको तीन वर्ष भयो। उक्त खण्डको काम सकेलगत्तै सरकारले २०७५ मा कलंकी–धोबी खोला (चाबहिल) दोस्रो खण्ड विस्तार गर्ने सम्झौता चीन सरकारसँग गरेको थियो। तर, लामो समय डिजाइन र डीपीआर नहुँदा आयोजना कस्तो बन्छ, कहाँ कति संरचना बन्छन् भन्नेमा नेपाली पक्ष अनभिज्ञ छ।

Advertisement

अहिलेसम्म चिनियाँ पक्ष के गर्दै छ भन्ने नै थाहा नभएको सडक विभागका उपमहानिर्देशक रामहरि पोख्रेल बताउँछन्। ‘हाम्रो तर्फबाट गर्नुपर्ने काम ९५ प्रतिशत सकेका छौं। यहाँ आएर काम थाल्न भनी हामीले दुईपटक पत्र पठाइसक्यौं’, उपमहानिर्देशक पोख्रेल भन्छन्, ‘तर, उहाँहरू आउन मानिरहनुभएको छैन। हालसम्म डीपीआर, डीजाइनसमेत दिनुभएको छैन।’ सरकारले उच्च तहमै यस विषयमा कुरा गर्नुपर्ने पोख्रेलको भनाइ छ।

काठमाडौं चक्रपथ सडक योजना कार्यालयकी इन्जिनियर सुमित्रा अधिकारीका अनुसार दोस्रो खण्डको ११.६ किलोमिटरमा नेपालले पहिला साइट क्लियर (रूख, पोल र ढल हटाउनुपर्ने) गर्नुपर्ने सम्झौतामा उल्लेख छ। त्यसपछि चिनियाँ टोलीले सडक विस्तार गर्ने सम्झौता छ। जसअनुसार चक्रपथको चौडाइ बीचबाट दुवैतर्फ २५–२५ मिटर हुनुपर्नेछ। थप ६–६ मिटरमा नेपालले सर्भिस ट्र्याक बनाउनुपर्ने हुन्छ।, यो समाचार अन्नपूर्ण पोस्टमा छापिएकाे छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top