अफगानिस्तानबारे छलफल गर्न भारतले बोलाएको बैठकमा पाकिस्तानसँगै चीन पनि सहभागी नहुने

२३ कात्तिक ७८, मंगलबार
Share this
754shares

२३ कार्तिक, एजेन्जी ।

Advertisement

भारतमा अफगानिस्तानका विषयमा हुन लागेको राष्ट्रिय सुरक्षा सल्लाहकार स्तरीय बैठकमा पाकिस्तानपछि अब चीनले पनि सहभागी हुन इन्कार गरेको छ। इण्डियन एक्सप्रेसको एक समाचारमा स्रोतलाई उदृत गर्दै चीनले सहभागी बहुन इन्कार गरेको जनाइएको छ।

चीन बैठकमा सहभागी नहुनुको पछाडि बैठकको समय कारण भएको बताएको समाचारमा जनाइएको छ। बुधबार हुन लागेको यस बैठकमा अलग–अलग देशका राष्ट्रिय सुरक्षा सलाहकारले भाग लिन लागेका छन्।

Advertisement

भारतका राष्ट्रिय सुरक्षा सलाहकार अजीत डोभालले यस बैठकको अध्यक्षता गर्ने छन्। रूस, इरान, तजाकिस्तान, उज्बेकिस्तान, तुर्कमेनिस्तान, काजकस्तान र किर्गिस्तान लगायतले यस बैठकमा भाग लिन लागेका छन्।

चीनले यस बैठकमा सहभागी हुन इन्कार गरेको भएपनि द्विपक्षीय राजनीतिक छलफलका लागि भने तयार रहेको जनाएको छ।

Advertisement

अफगानिस्तानका छिमेकी मात्र नभइ बैठकमा मध्य एशियाली देश पनि सामेल हुन लागेको समाचारमा जनाइएको छ।

पाकिस्तानले पहिल्यै यस बैठकमा सहभागी हुन इन्कार गरेको छ। पाकिस्तानका एनएसए मोइद युसूफले मंगलबार अफगानिस्तानमाथि भारतमा हुने बैठकमा हिस्सा लिने छैन।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top