Nepal Times
Nepal Times
3
Shares

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमयदर

यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमयदर

२३ कार्तिक, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ १३ पैसा र बिक्री दर ११८ रुपैयाँ ७३ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ५६ पैसा र बिक्री दर १३७ रुपैयाँ २५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६९ रुपैयाँ ३६ पैसा र बिक्री दर १६० रुपैयाँ १७ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ १३ पैसा र बिक्री दर १२९ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४६ पैसा र बिक्री दर ८७ रुपैयाँ ९१ पैसा रहेको छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९० पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ३८ पैसा रहेको छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ४७ पैसा र बिक्री दर १८ रुपैयाँ ५७ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ५० पैसा र बिक्री दर ३१ रुपैयाँ ६६ पैसा छ भने कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ४४ पैसा र बिक्री दर ३२ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५८ पैसा रहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.