मोरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते

२२ कात्तिक ७८, मंगलबार

२३ कात्तिक, विराटनगर ।

जिल्ला कारागार मोरङमा मंगलबार बिहान कैदीबन्दीबीच दोहोरो झडप भएको छ । विराटनगरको हाटखोलामा रहेको साे काररागारमा दुई पक्षबीच बिहान १० बजेतिर झडप हुँदा ६ जना कैदीबन्दी घाइते भएका छन् ।

कारागारका निमित्त जेलर रामप्रसाद पोखरेलका अनुसार आन्तरिक प्रशासनप्रति कैदीबन्दीले असन्तुष्टि व्यक्त गरेपछि दोहोरो झडप भएको पाइएको छ । कारागारका चौकीदार र नाइकेको समूहसँग अरु कैदीबन्दीको झडप भएको जानकारी उनले दिए ।

कैदीबन्दीहरुले चौकीदार किरण गुरुङले शोषण गरेको भन्दै उनीसहित सहित १४ जनालाई एउटा कोठामा थुनिदिएका थिए। त्यसपछि झडपको स्थिति सिर्जना भएको थियो। अहिले भने स्थिति सामान्य भइसकेको पोखरेलले जानकारी दिए।

चौकिदारले अनाश्वयक यातना दिने, आर्थिक शोषण गर्ने जस्ता काम गरको कैदीबन्दीहरुले आरोप लगाएका छन्। झडपमा घाइते हुने कैदीबन्दीमा चौकीदार गुरुङ र नाइकेहरु शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता छन्।

उनीहरुलाई उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएको छ। झडपमा उत्रिने कैदीबन्दीलाई समेत अर्को कारागारमा सार्ने तयारी भएको पोखरेलले बताए।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top