चीनले पाकिस्तानलाई दियो सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत

२२ कात्तिक ७८, मंगलबार

२३ कात्तिक, एजेन्सी ।

Advertisement

चीनले पाकिस्तानमा अहिलेसम्मको सबैभन्दा ठूलो र अत्याधुनिक युद्धपोत निर्यात गरेको छ। दुई देशबीचको मित्रतालाई विशेष बनाउन चीनले योगदान स्वरुप सोमबार सो युद्धपोत पाकिस्तान पुर्‍याएको हो।

यसलाई चीन र पाकिस्तानबीच बढ्दो सैन्य सहयोगको रुपमा हेरिएको  छ। यस युद्धपोतको निर्माण चाइना स्टेट शिप बिल्डिङ्ग कर्पोरेशन लिमिटेड (सीएसएससी) ले गरेको हो। कम्पनीले एक विज्ञप्तिमा यस युद्धपोतलाई चीनको शांघाइमा भएको एक समारोहमा पाकिस्तानी नौसेनालाई हस्तान्तरण गरेको जनाएको छ।

Advertisement

टाइप ०५४ ए/पी युद्धपोतको नाम पीएनएस तुगरिल राखिएको छ। चीनले पीएनएस तुगरिल जस्तै अन्य चार युद्धपोत पाकिस्तानी नौसेनाका लागि तयार गरिरहेको छ। यो जहाजलाई प्राविधिक रुपमा उन्नत र अत्यधिक सक्षम प्लेटफर्म मानिएको छ।

यस युद्धपोतको निगरानीमा व्यापक क्षमताका अलावा जमिनबाट जमिन तथा जमिनबाट हवा र पानीको मुनी मिसाइल हान्ने क्षमता राख्छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top