×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अलैँचीको भाउ पाएपछि किसान मक्ख

२३ कार्तिक २०७८

२३ कात्तिक, काठमाडाैँ ।

बरेङ गाउँपालिका–२ हुग्दीशिरका किसानले यसपालि अलैँची बेचेर रु २२ लाख छ हजार ५०० भित्र्याए । नमूना अलैँची उत्पादक कृषक समूहमा आबद्ध ती किसानले २० क्विन्टल अलैँची फलाएका थिए ।​ अलैँचीबाट तुलसीराम पौडेलले सबैभन्दा बढी रु पाँच लाख कमाए । त्यसपछि विमल पौडेलले रु तीन लाख । विमल पौडेल समूहको अध्यक्षसमेत छन् । अलैँचीले भाउ राम्रो पाएपछि किसानको कमाइ बढेको हो ।

Advertisement
Advertisement

अघिल्लो वर्ष प्रतिकिलो अलैँचीलाई जम्मा रु ६०० मा बेचेका किसानले यो वर्ष रु एक हजार १५० सम्म मूल्य पाएका हुन् । झण्डै दोब्बरले भाउ बढेपछि अलैँची किसान मक्ख छन् । बजारमा अलैँचीको माग बढेका कारण मूल्य बढेको किसान बताउँछन् । “गत वर्ष कम मूल्यमा अलैँची बेच्नुपर्दा किसान निराश हुनुपरेको थियो, अहिले भनेझैँ मूल्य पाएपछि किसान खुसी छन्”, समूहका अध्यक्ष पौडेलले भने । उनले गुणस्तरीय उत्पादन दिन सके अलैँचीको बजार राम्रो रहेको बताए ।

समूहले २०० रोपनी जग्गामा विगत छ वर्षदेखि अलैँचीको व्यावसायिक खेती गर्दै आएको छ । अलैँची बेचेर वार्षिक आउने आम्दानीलाई किसानले आफ्नो उत्पादन अनुसार बाँडेर लिन्छन् । समूहमा नरहेका किसानबाट पनि अलैँची सङ्कलन गरेर बजारसम्म पु¥याउन समूहले सहजीकरण गर्दै आएको छ ।​ बरेङमै सबैभन्दा धेरै क्षेत्रफलमा अलैँची खेती गरेको उक्त समूहमा १९ जना किसान आबद्ध छन् । बसाइँसराइले गाउँका जग्गा बाँझो पल्टन थालेपछि गाउँले मिलेर अलैँची खेतीको योजना बनाएका थिए । समूहलाई अलैँची सुकाउने उपकरण खरिद, बगान विस्तारलगायतमा कृषि ज्ञान केन्द्र र गाउँपालिकाले अनुदान सहयोग दिएको छ ।

अलैँची व्यवसायी महासङ्घका केन्द्रीय सदस्य केदार आचार्यले यो वर्ष उत्पादनमा ह्रास आएकाले अलैँचीको बजार मूल्य बढेको बताए । अलैँची निर्यात हुने प्रमुख देश भारतका व्यापारीले पनि बढी मूल्य तिरेरै भए पनि नेपालको अलैँची खरिद गर्न तयार भएको उनको भनाइ छ । “खडेरी, सिँदुरे रोग आदि कारणले यो वर्ष देशभर अलैँचीको उत्पादनमा गिरावट आयो, जसले गर्दा बजार माग बढी छ, किसानले राम्रै मूल्य पाउनुभएको छ”, आचार्यले भने । उनले जैमिनी नगरपालिका–१० राङखानीको २० रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आउनुभएको छ । त्यहाँ अलैँचीको नर्सरी पनि छ ।

राङखानीको आचार्य जैविक नमूना कृषि फार्मले गाउँभरिका किसानबाट अलैँची खरिद गरेर बजारीकरण गर्दै आएको छ । यो वर्ष ५० क्विन्टल अलैँची काठमाडौँ पु¥याएको फार्मका सञ्चालकसमेत रहनुभएका आचार्यले बताए । काठमाडौँ हुँदै अलैँची भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पु¥याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । भारतीय बजारमा पुग्ने नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढेको र निर्यात पनि सहज भएका कारण नेपाली अलैँचीले मूल्य पाएको बताए । “भारतमा यो वर्ष अलैँची उत्पादन घटेको हुनाले पनि हाम्रो अलैँचीको माग बढेको हो”, उनले भने, “गत वर्ष किसानले अलैँची बेच्न व्यापारी खोज्दै हिँड्नुपर्ने अवस्था थियो, अहिले व्यापारीहरु किसान खोज्दै हिँडेका छन् ।” उनले अलैँचीका ठूला व्यापारीले एक वर्ष मूल्य बढाउने र अर्को वर्ष फेरि घटाउने प्रवृत्ति बजारमा देखा पर्ने गरेको उल्लेख गरे । “राम्रो मूल्य पाएपछि किसानले उत्पादन बढाउनतिर लाग्छन्, व्यापारीले पछि फेरि मूल्य घटाउँछन् जसले गर्दा किसानलाई मर्का पर्ने गरेको छ”, उनले भने ।

यो वर्ष माग र मूल्य बढेकाले अलैँची किसानलाई व्यावसायिकरूपमा फाइदा पुगेको प्रमुख भट्टराईले बताए । उनका अनुसार जिल्लामा अहिले एक हजार २०० हेक्टरमा अलैँची खेती भइरहेको छ । पछिल्लो पाँचरछ वर्षयता अलैँची खेती विस्तार भइरहेको हो । राम्रो कमाइ हुने देखेर किसान अलैँची खेतीतिर आकर्षित छन् । सरकारी अनुदान सहायताले पनि किसानलाई अलैँची खेतीमा लाग्न प्रोत्साहित गरिरहेको छ । बर्सेनि साउन अन्तिमदेखि असोजसम्मै किसानलाई अलैँची टिप्ने चटारो पर्छ । अलैँची खेतीमा लाग्ने मेहनत र श्रमअनुसार सधैँ राम्रो मूल्य पाउने वातावरण बन्नुपर्ने किसानको माग छ । बजारको उचित व्यवस्थापनमा राज्य संयन्त्रले चासो नदिएको उनीहरुको गुनासो छ ।

रोप्नदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने आदि गर्दा किसानको धेरै समय, श्रम र लगानी अलैँची खेतीमा खर्च हुन्छ । बजारको अनिश्चिततासँगै लगानीअनुसारको प्रतिफल नपाए अलैँची खेतीबाट किसान पलायन हुने स्थिति छ । केन्द्रका अनुसार यहाँ अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ पकेट र दुई ब्लक क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत किसानले अलैँची खेतीमा अनुदान र तालिम पाउँछन् । ताराखोला गाउँपालिका र गलकोट नगरपालिकामा अलैँची ब्लक छ । जैमिनी, बागलुङ नगरपालिका, काठेखोला, निसीखोला, बडिगाड, बरेङ र निसीखोला गाउँपालिकामा पकेट कार्यक्रम सञ्चालित छ ।रासस

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top