×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

समन्वय समितिले सरकारको काममा हस्तक्षेप गर्दैन : रामचन्द्र पौडेल

२३ कार्तिक २०७८

२३ कात्तिक, काठमाडाैँ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँच दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनैपनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् ।

Advertisement
Advertisement

मंगलवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले सरकार जनता र संसदप्रति उत्तरादायी निर्वाचित संस्था भएको उल्लेख गर्दै पाँच दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनैपनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारे । वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले त्यसैको समन्वय गर्नका लागि समन्वय समिति बनाइएको बताए।

उनले भने – ‘सरकार भनेको जनताप्रति उत्तरदायी निर्वाचित संस्था हो । त्यो सबै किसिमले जनताप्रति, संसदप्रति उत्तरदायी बन्छ । त्यसकारण उसको काममा हामीले दख्खल दिने कुरो गर्नु हुन्न । लोकतन्त्रवादीको नाताले सरकारको क्रियाकलाप, गतिविधिमा हस्तक्षेप गर्ने अथवा त्यसलाई दख्खल दिने कुनैपनि कुरा गर्न उचित हुँदैन । अहिले यो किन आवश्यकता भयो भने यो पाँच दलको गठबन्धनले अहिले पनि लोकतन्त्रको रक्षाको लागि, व्यवस्थाको रक्षाको लागि, सत्ताको कुरा होइन व्यवस्थाको रक्षाको लागि । मैले जहिल्यैपनि भन्छु म सत्तालाई भन्दा अहिलेको अवस्थामा व्यवस्थालाई महत्व दिन्छु भनेर, किनभने व्यवस्था सुनिश्चित गर्नुछ नेपालमा । व्यवस्थाको टुंगो नलागेर, व्यवस्थालाई अस्थिर गराउने खेलहरुले गर्दा नेपाली जनताले दुःख पाएका छन् । त्यसो भएको हुनाले यो पाँच दलले व्यवस्थालाई सुनिश्चित गर्नका लागि, लोकतन्त्रलाई सुनिश्चित गर्नका लागि, राष्ट्रियतालाई स्थिर दिशामा अगाडी बढाउनको लागि पाँच दलले योगदान गर्न सकुन् भनेर त्यसलाई समन्वय गर्नका लागि बनेको कमिटी हो यो ।’

वरिष्ठ नेता पौडेलले यस समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रुपमा प्रयोग गर्नु नहुने बताए । समन्वय समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरुको बारेमा पाँच दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको उनले उल्लेख गरे ।

उाले भने– ‘कसैले उपयोग गर्ने अथवा सरकारको काममा दख्खल दिने रुपमा यसलाई हतियार कसैले बनाउने यो कुरा हामी मान्दैनौँ । यसले सरकारको काममा हस्तक्षेप गर्ने, दख्खल गर्ने काम गर्नै हुन्न । यसलाई केवल व्यवस्था माथि आइपर्ने समस्याहरु जे हुन्छन् त्यसमा मात्रै देशलाई सजग राख्ने हो । पाँच दललाई सजग राख्ने हो । पाँच दललाई संगठित राख्ने हो । पाँच दललाई व्यवस्थाको रक्षाको लागि, संविधानको रक्षाको लागि, राष्ट्रियताको रक्षाको लागि यो पाँच दललाई संगठित राख्ने र समझदारी र सहकार्ययुक्त बनाएर लैजाने ।’

पौडेलको देउवासँगको लडाइँ कायमै रहने

उनले पाँच दलीय गठबन्धन समन्वय समितिको संयोजकको रुपमा आफु रहेपनि नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहने बताए। समग्र व्यवस्थाको हित रक्षाको निम्ति एकै ठाउँ, एउटै सोचाइ र सहयोगात्मक सम्बन्ध भएपनि पार्टी भित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भने जहाँको त्यहीँ रहेको उनले प्रष्ट्याए। आगामी महाधिवेशनमा खुल्लम् खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुने उनले बताए ।

उनले भने – ‘हिजो जुन हाम्रो आन्तरिक लोकतान्त्रिक लडाइँ, आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा जहाँ थियो, जहाँ छ त्यो त्यहीँ रहन्छ र त्यही अगाडी बढ्छ । महाधिवेशनमा खुल्लम् खुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुन्छ । लोकतान्त्रिक प्रतिस्पर्धा, लोकतान्त्रिक मर्यादाभित्र रहेर हुन्छ । के कमी कमजोरी हुन्, त्यसलाई हटाउने उद्देश्य राखेर खुल्लम् खुल्ला आम कार्यकर्तालाई अपिल गरेर उनको साथ लिएर पार्टीमा सुधार ल्याउने कुरा अगाडी नै बढ्छ । तर यतापटी यो व्यवस्थाको बारेमा, राष्ट्रको संवैधानिक संकटका बारेमा, कुनैपनि किसिमका अरु खेलहरु नखेलिउन् लोकतन्त्रका विरुद्धमा, त्यतापटी मात्र सजग रहनका लागि मात्रै यो कमिटीमा रहन आफुलाई मैले स्वीकार ग¥या हो ।’

Advertisement

वरिष्ठ नेता पौडेलले समन्वय समितिमा देशमा हाल देखा परेका संकट र सकंट समाधानका निम्ति गठबन्धनले अपनाउनुपर्ने सावधानी र सजगताको सम्बन्धमा छलफल गरिने पनि बताए ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top